
काठमाडौं : दैलेखको ठाँटिकाँधमा अरिंगालको टो’काइबाट एकको ज्या’न गएको छ । ज्यान जानेमा ठाटिकाँध ५ बुढागाउँका ४८ वर्षिया देबबहादुर शाही रहेको स्थानीय सूर्यबहादुर शाहीले बताएका छन् ।
बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिंगालले शरीरमा टोक्दा घा’इते भएका थिए । समाजसेवी समेत रहेका शाहीले बालबालिकाको स्कुल जाने बाटोमा अरिंगालको गोलो देखेपछि
बालबालिकाकालाई असर पुरयाउने मनशायले त्यसलाई धपाउने प्रयास गरेका थिए । सोही क्रममा गम्भिर घा’इते भएका शाहीलाई क्षेत्रीय अस्पताल सुर्खेतमा क्रिटिकल केयर आईसीयुमा राखेर उपचारकै क्रममा शुक्रबार राति ९ बजे मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।