२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

जापान द्वारा नेपाललाई झन्डै १६ अर्ब रुपैयाँ सहयोग !

असोज ५, काठमाण्डाै : नेपालको पूर्वी तराईमा रहेकाे चन्द्र नहर सिँचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले झन्डै दुई अर्ब अनुदान सहयोग प्रदान गरेको छ ।

यसैगरी काठमाण्डाै र पोखराको सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना का’र्यान्वयन गर्न जापानले १४ अर्ब २० करोड रुपैयाँ ऋण सहयोग प्रदान गरेको छ ।

वार्षिक शून्य दशमलव शून्य एक प्रतिशत ब्याजदर रहेको याे सहुलियतपूर्ण ऋ-णको भुक्तानी अवधि ३० वर्ष र थप १० वर्ष ग्रेस अवधि हुनेछ । नेपालको तर्फबाट अर्थ सचिव कृष्णहरि पुष्कर र सहसचिव ईश्वरीप्रसाद अर्याल तथा जापानको

तर्फबाट नेपालका लागि राजदूत किकुता युताका र जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले आज बुधवार अर्थ मन्त्रालयमा अनुदान तथा ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा अर्थ सचिव पुष्करले सम्झौताअनुसारका आयोजना का-र्यान्वयनबाट नेपालको सिँचाइ सुविधाको सुधार गर्न तथा बिजुली आपूर्तिको विश्वसनीयता बढाउन तथा प्रसारण चुहावट न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुग्नेछ भन्नुभयो ।

नेपालको सामाजिक–आर्थिक एवम् मानव संशाधन विकासमा जापान सरकारबाट प्राप्त निरन्तर सहयोगको प्रशंसा गर्दै उहाँले दुई देशबीचको लामो र सुमधुर सम्बन्ध तथा विकास साझेदारी अझ नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि जापानी राजदूत युताकाले उपलब्ध सहयोगबाट नेपालको कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न र सहरी क्षेत्रको बिजुली व्यवस्थापनमा सहयोग रहने धारणा व्यक्त गर्नुभयो ।

नेपाल र जापानबीचको सम्बन्ध सदियौँदेखि सुमधुर एवम् घनिष्ट रहेको चर्चा गर्दै राजदूत युताकाले शिक्षा, स्वास्थ्य, जलविद्युत् लगायतका क्षेत्रमा गरिएको सहयोगबाट नेपाली जनताको जीवनस्तर सुधार हुने अपेक्षा व्यक्त गर्नुभयो ।

जाइका नेपालका प्रमुख अकिमित्सुले नेपालको कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, ऊर्जालगायतका क्षेत्रमा आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरी नेपाली जनताको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

२०७९ आश्विन ५, बुधबार प्रकाशित 1 Minute 107 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।