२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

वैदेशिक रोजगारमा हुनेले रेमिट्यान्स खाता नहुनेले आईपीओमा आवेदन दिन नपाउने !

असोज ५, काठमाडौँ : नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई साधारण शेयर(आईपीओ)मा गरेको आरक्षणमा रेमिट्यान्स खाता नभएकाहरुले भाग

लिन नपाउने भएका छन् । उक्त आरक्षण कोटामा भाग लिन विदेशमा भएका नेपाली वा अब विदेश जानेले पनि बैंकमा रेमिट्यान्स खाता खोलेर गएमा मात्र उक्त आरक्षणमा भाग लिन पाउने छन् ।

धितोपत्र बजारको अभौतिककरणको व्यवस्थापन गरिरहेको सिडीएस एण्ड क्लिरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुन्यप्रसाद आचार्यका अनुसार बोर्डले आरक्षणको व्यवस्थाका लागि बैंकमा नै रेमिट्यान्स खाता भनेर खोलेकाले मात्र यो योजनामा सहभागी हुन सक्नेछन् ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई नेपाल धितोपत्रको प्राथमिक निष्कासन (आईपीओ) मा दश प्रतिशत आरक्षण गर्ने व्यवस्था गरिएपनि यसमा स्पष्टता नहुँदा अन्यौलता देखिएको हो ।

विदेशमा रहेका श्रमिकहरुलाई कसरी कोटा अनुसार आईपीओमा आवेदन दिने भन्नेबारे अन्यौलता देखिएको हो । चालू आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा सरकारले यस वर्षको बजेटमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई धितोपत्रको प्राथमिक

निष्कासनमा दश प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थालाई कार्यान्वयन गर्दै नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को छैठौ संशोधन गरेको छ ।

२०७९ आश्विन ५, बुधबार प्रकाशित 0 Minutes 106 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।