२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

बालेन अझै रफ्तारमा, काठमाडौंको हात्तीसारमा पनि टुकुचा खोलाको उत्खनन !

असोज २, काठमाडौं : काठमाडौंको हात्तीसारमा पनि टुकुचा खोलाको उत्खनन गरिएको छ। आइतबार महानगरको टोलीले डोजर लगाएर उत्खनन गर्दा हात्तीसारमा पनि टुकुचा भेटिएको हो।

महानगरले काठमाडौंको जयनेपालबाट सुरु गरेको उत्खननलाई निरन्तरता दिएको हो। यसैबीच उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोलामाथि बनेका जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका घरहरु नभत्काउन आदेश दिएको हो।

यसैगरी अदालतले अल्पकालीन अन्तरिम आदेश दुवै पक्षको बहस सुनेर मात्र दिइने पनि भनेको छ। त्यस्तै पुरातत्व विभागले टुकुचा खोलाको विस्तृत अध्ययन गर्ने भएको छ। टुकुचा खोला छोप्न बनाइएको संरचना कति पुरानो हो भन्नेबारे विभागले अध्ययन गर्ने भएको हो।

२०७९ आश्विन २, आईतवार प्रकाशित 0 Minutes 124 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।