२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

बाबुराम भट्टराई भन्नुहुन्छ – त्यति सहजै चुनाव जित्नेवाला छैनौं, हामी को को बढारिन्छौं ।

असोज २, काठमाडौ : नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले दलहरुबीच आ-रोप प्रत्या-रोप गर्नुभन्दा हालसम्म भए गरेका काम र जनअपेक्षाको समीक्षा गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा मुलुकमा युवापुस्ताको वि-द्रोहको लहर आएको भन्दै यसले परम्परागत राजनीतिक शक्तिमाथि चु’नौती खडा गरेको बताए। भट्टराईले भने,यसलाई सम्बोधन गर्न सक्नुभएन भने गाउँठाउँमा त प्र-भाव नपर्ला,

हाम्रो संगठनको बलमा चुनाव जितिएला, तर शहरी क्षेत्रहरुमा त्यति सहजै चुनाव जित्नेवाला हामी छैनौं। हामी को-को बढारिन्छौं म भन्न सक्दिन, मलाई त आत्मविश्वास छैन।
भट्टराईले युवा पुस्तामा अस-न्तुष्टि रहेको भन्दै शिर ठाडो पारेर मत माग्न जाने अवस्था नभएको बताए।

युवापुस्ताको असन्तुष्टि छ, त्यसलाई कम नआँक्नुस्। पाँच वर्षको समीक्षा गर्दा हामी पास हुन सकेनौं। हामीले गल्ती ग-र्यौं उनले भने। सोही क्रममा उनले यो इतिहासले सुम्पिएको जिम्मेवारी हामीबाट कति पूरा भयो समीक्षा गर्ने बेला हो भने।

जनताले कसरी हेरिरहेको छ त्यो हेर्न जरुरी छ। राजनीतिक विकृतिहरुका समाचार आइरहेको अवस्थामा आफैँलाई हेर्न जरुरी छ। यही संसदबाट निर्वाचित सरकारले संसद्लाई दुई पटक विघटन गर्न पुगे। धन्न हामीले जोगाउन सफल भयौँ, उनले भने।

अध्यक्ष भट्टराईले न्यायपालिका कति खोक्रो भएको रहेछ भन्ने अहिलेको महाअभियोग छानविन समितिमा भइरहेको बयानका क्रममा सुनिएका कुराले थाहा हुन्छ भने। कतिपय काम नभएका होइन उपलब्धि भएका छन् तर जनअपेक्षाअनुसार काम हुन नसकेको उनले उल्लेख गरे।

नागरिकता विधेयकका सम्बन्धमा दलीय आधारमा लम्बिनु नहुने धारणा व्यक्त गर्दै उनले नागरिकता विधेयक कुनै बहाना नगरीकन छिटो जारी गर्नुपर्ने बताए। उनले भने, यसअघि वैवाहिक अंगीकृत नागरिकता पनि दिएकै हो। महिलालाई संवैधानिक रुपमा वि-भेद गर्न मिल्दैन। आफ्नो बाबुको पहिचान नखुलेको अवस्थामा स्वघो-षित आमाले भन्दा नागरिता दिनुपर्छ।

संक्र-मणकालीन दुई आयोगका विषय कुनै पार्टी विशेषको नभइ समग्र शान्ति प्रक्रियाको हिस्सा भएको बताउँदै उनले यसलाई किन लम्ब्या-एर राखियो भनी प्रश्न गरे। यसमा हजारौँ पी-डित जनताले न्याय पाउनु पर्दैन भन्दै उनले यो विस्तृत शान्ति सम्झौतापछि सबैको साझा समस्या हो भने।

अध्यक्ष डा. भट्टराईले नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नक्सामा समावेश गरेर मात्र नहुने भन्दै नक्साअनुसार जमिन प्राप्त गर्न के काम भयो त्यो बारेमा सोच्न जरुरी छ भने।

संविधान जारी हुँदा आफूले भनेको आधा गिलासभरि आधा खाली भनेको विषयलाई पूरा गर्न त्यसलाई पूर्णता दिन अझै कार्य गर्न जरुरी रहेको उनले उल्लेख गरे। संवैधानिक आयोगलाई पनि पारदर्शी र प्रभा-वकारी बनाउन जरुरी रहेको उल्लेख गर्दै उनले जनजीवनमाथि उकास्न कृषिमा क्रा-न्ति र अन्य धेरै काम गर्नुपर्ने बताए।

२०७९ आश्विन २, आईतवार प्रकाशित 1 Minute 156 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।