२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

अध्यक्ष तिमिल्सिना भन्नुहुन्छ – स्वतन्त्र उम्मेदवारले जित हासिल गरे पनि काम गर्न सक्दैनन् ।

असोज १, काठमाण्डाै : राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारले जित हासिल गरे पनि काम गर्न नसक्ने बताउनुभएको छ ।

शनिबार काठमाण्डौमा आयोजित अबको दृष्टि, स्वाभिमान सहितको समृद्धि विषयक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले बहुदलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारले जितेर संसदमा केही काम गर्न नसक्ने बताउनुभएको हो ।

उहाँले स्वतन्त्र उम्मेदवारले संसदमा बोलेर अलिकति चेतना जगाउन सकेपनि आमरुपमा कुनै परिवर्तन ल्याउन नसक्ने बताउनुभयो । उहाँले आफू राष्ट्रिय सभा अध्यक्ष भएर पनि नियम, कानूनको सीमाका कारण आम रुपमा परिवर्तन ल्याउन नसकेको भन्दै स्वतन्त्र सांसदले झनै नसक्ने बताउनुभयो ।

कार्यकारी अधिकार नभएको ठाउँमा गर्ने कामहरु कम हुने उहाँको भनाइ छ । अध्यक्ष तिमिल्सिनाले पार्टीको विकल्प स्वतन्त्र उम्मेदवार नभएको भन्दै सबैलाई पार्टीमा आवद्ध हुन आग्रह गर्नुभयो ।

उहाँले पार्टीलाई नै सही मार्गमा हिडाउन भूमिका खेल्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – बहुदलीय व्यवस्था हो । बहुदलीय व्यवस्थामा स्वतन्त्र आउनैपर्छ । कतिपय आउनुहुन्छ स्वभाविक हो ।

तर पार्टी, सरकार बनेर चलाउने त स्वतन्त्रले त सम्भव नै छैन । एकजना सांसद स्वतन्त्र आउनुहुन्छ, बोल्नुहुन्छ । बोलेको बोलेकै गर्नुहुन्छ । तर अर्को पटकबाट निराश भएर सकिदो रहेनछ भनेर अरुलाई पनि निराश बनाउने हुन्छ । त्यसकारण आवद्ध हुनुस् पार्टीमा ।

२०७९ आश्विन १, शनिबार प्रकाशित 0 Minutes 141 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।