
भदौ ३१, काठमाडौ : सरकारले बेलायतमा नेपाली स्वास्थ्यकर्मी (नर्स) पठाउने तयारी गर्दैछ । त्यसका लागि बेलायतसँग समझदारी पत्रमा सम्झौता गरिएको थियो ।
नेपालले पहिलो चरणमा बढीमा २०० नर्सलाई बेलायत पठाउने गरी तयारी गरेको छ । तर, बेलायतमा यो भन्दा अगाडि नै ५ हजार भन्दा बढी नर्सहरू कार्यरत रहेका छन् ।
गत वर्ष ४०० भन्दा बढी नर्सहरू बेलायत पुगेका छन् । उनीहरू व्यक्तिगत श्रम स्वीकृति लिएर गएका हुन् । बेलायतमा सरकारले कामदार पठाउँदैन । उनीहरू सबै जना व्यक्तिगत श्रम स्वीकृति लिएर गएकाहरू हुन् ।
नेपालीहरूले बेलायतमा गर्दै आएको कामप्रति बेलायतका रोजगारदाता सन्तुष्ट देखिन्छन् । जसले गर्दा संस्थागत रूपमा नै कामदार लैजान बेलायत तयार भएको हो ।
अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संस्थागत रूपमा नै नर्सहरू पठाउने गरी तयारी थालिरहेको छ । अहिले कोही मेनपावर व्यवसायी मार्फत गइरहेका छन् ।
भने कोही व्यक्तिगत रूपमा स्पोन्सर खोजेर गइरहेको हुन् । बेलायतमा नेपाली नर्सहरूलाई पठाउँदै आएको एजेन्सी ओईटी प्रिप्रेशन नेपालका अध्यक्ष भक्त बहादुर केसीले व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर जानेको संख्या बढ्दो क्रममा रहेको बताए ।