२०७९ आश्विन १५ शनिबार
  • काठमाडौँ

आगामी चुनावका लागि १ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो ।

भदौ २८, काठमाडौँ : आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि भर्ना खुलेको छ ।

भर्नाबारे सूचना प्रहरी प्रधान कार्यालय नक्शालले आज जारी गर्दै भर्ना खुलेको जानकारी गराएको छ । सूचना अनुसार म्यादी प्रहरीमा भर्ना हुन इच्छुकहरुले यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सक्ने भएका छन् ।

दरखास्त सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा दिन सकिने छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्नेहरुले दरखास्त दिन सक्ने छन् । सूचना अनुसार दरखास्त दिनेहरु राजनीतिक दलको सदस्य नभएको,

आतंककारी संगठनको सदस्य नभएको, फौजदारी अभियोगमा सजाय नपाएको, गर्भवती नभएको र आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको पनि हुनुपर्नेछ ।

प्रहरी प्रधान कार्यालय नक्शालका अनुसार असोज ९ गतेदेखि १४ गतेसम्म छनौट सुरु हुने छ । असोज २५ गते अन्तिम नतिजा सार्वजनिक हुनेछ भने असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम दिइनेछ ।

कति हुन्छ सेवा सुविधा ?

म्यादी प्रहरीले प्रतिदिन ८६९ रुपैयाँको दरले ४० दिनसम्मको पारिश्रमिक पाउछन् । उनीहरुले खाद्यान्न बापत एकमुष्ट ७ हजार २ सय रुपैयाँ, पोशाक तथा अन्य सामग्री खरिद गर्न ६ हजार रुपैयाँ (हिमाली जिल्लामा खटिनेलाई थप १ हजार), आउने–जाने खर्च १ हजार रूपैयाँ र ३०० रुपैयाँको दरले ४ दिनको खाजा खर्च पनि पाउछन् ।

२०७९ भाद्र २७, सोमबार प्रकाशित 0 Minutes 79 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।