२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

नेता ओलि भन्छन् – जन्मसिद्ध नागरिकका सन्तानले वंंशजका आधारमा नागरिकता पाउनुपर्छ ।

भदौ २६, काठमाण्डाै : नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानले वंंशजका आधारमा नागरिकता पाउनुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उहाँले सरकारले अहिले ल्याइएको नागरिकता विधेयकमा जन्मसिद्धका छोराछोरीलाई वंशजको नागरिकता पाउनेछन् भन्ने संशोधन थप गरी विधेयक ल्याउनुपर्ने धारणा राख्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, यो संशोधन विधेयक तीन दिनमा पास हुनेछ । उहाँले नागरिकता विधेयक सम्बन्धमा सरकारले तनावको विषय बनाएर समस्या समाधान गर्न नखोजेको आ-रोप लगाउनुभयो । उहाँले नागरिकता विषयका सम्बन्धमा गठबन्धन दललाई भोटको राजनीति नगर्न अनुरोध गर्नुभयो ।

ओलीले संसद् बहस र विधिका आधारमा चल्नु पर्दछ भन्दै व्यक्तिले संसद् चलाउन खोज्नु देशलाई अस्थिरतातर्फ धकेल्नु भएको धारणा राख्नुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले चुनावकाे मिति घोषणा भइसकेका अवस्थामा सरकारले कर्मचारी सरुवा र नि-युक्ति गर्नु गलत कार्य भएको बताउनुभयो ।

उहाँले निर्वाचन आयोगले निष्पक्ष तथा स्वतन्त्र चुनावका लागि प्रशासन सञ्चालनको जिम्मा आफ्नो हातमा लिनुपर्ने र न्यायाधीशमार्फत चुनाव परिचालन गर्नुपर्ने सु-झाव दिनुभयो ।

२०७९ भाद्र २५, शनिबार प्रकाशित 1 Minute 37 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।