२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

२०२२ मा हुने विश्वकप हेर्न २०० जना भन्दा बढी नेपाली जाने, राष्ट्र बैंकको कडाइले घट्यो हेर्न जानेको संख्या !

भदौ २२, काठमाडौँ : आगामी नोभेम्बरमा कतारमा हुन लागेको विश्वकप फुटबल प्रतियोगिता हेर्न नेपालबाट दुई सय जनाभन्दा बढी नेपाली जाने भएका छन्।

विश्वकप हेर्न जान चाहनेका लागि फिफाले तोकेको आधिकारिक कम्पनी म्याच हस्पिटालिटीको नेपालका लागि एक मात्र एजेन्ट जेनिथ एक्सपे-रियन्सेस ट्राभल सर्भिसेज हो।

यसबाहेक फिफाले प्रतियोगिताका स्पोन्सर कम्पनीहरु तथा एन्फालाई उपलब्ध गराउने टिकटमार्फत विश्वकप हेर्न जानेहरुको संख्या भने यकिन भइसकेको छैन। सरकारले पर्यटक भिसामा विदेश घुम्न निरुत्साहित गर्ने गरी कार्यविधि जारी गरेको

अवस्थामा २ सय जनाभन्दा बढीले विश्वकप हेर्न जाने भएका छन्। को-भिड-१९ ले थलिएको ट्राभल उद्योगका लागि विश्वकपको समयले केही आशाको संचार गरेको उनको भनाइ छ।

विश्वकप फुटबल हेर्न जानका लागि टिकट बुकिङ गराउनेहरु तीन प्रकारका छन्। विभिन्न कर्पोरेट घराना, साथीभाई टोली मिलेर जाने युवा र व्यक्तिगतरूपमा गएर कतारमा आफन्तकहाँ बसेर विश्वकप हेरेर फर्कने योजना बनाएकाहरुले टिकट लिएको प्रबन्ध निर्देशक शाहले बताइन्।

कम्पनीले ३ सयदेखि पाँच सय जनासम्मलाई विश्वकप देखाउन लैजाने योजना बनाएको थियो। टुरिस्ट भिसामा नेपालीलाई बाहिर जान निरुत्साहित गर्ने सरकारी नीति तथा राष्ट्र बैंकको विदेशी मु-द्रामा गरेको कडाइले कर्पोरेटस्तरमै दुई सय जतिको संख्या गु-माएको हो।

कतारले यस वर्ष विश्वकप प्रतियोगितामा विश्वभरबाट १२ देखि १५ लाख भन्दा बढी मानिस भित्र्याउने लक्ष्य राखेको छ। फिफाका अनुसार कतार, साउदी अरेबिया, अमेरिका, मेक्सिको, यूएई, बेलायत, अर्जेन्टिना, ब्राजिल, वेल्स र अष्ट्रेलियाका नागरिकले सबैभन्दा धेरै टिकट किनेका छन्।

२०७९ भाद्र २२, बुधबार प्रकाशित 1 Minute 108 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।