२०७९ आश्विन १५ शनिबार
  • काठमाडौँ

अध्यक्ष लिङ्देनले दिए सांसद पदबाट राजीनामा !

अध्यक्ष लिङ्देनले दिए सांसद पदबाट राजीनामा !

भदौ १९, काठमाडौ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन्।
प्रतिनिधिसभा बैठकमा आज सम्बोधन गरेर चुनाव घोषणा

भइसकेको अवस्थामा तलब भत्ता खाएर बस्न नहुने भन्दै राजीनामा दिएका हुन्। लिङ्देनले भने, संसदको यो कार्यकालको यो अन्तिम उपस्थिति र अन्तिम कुरा राख्न म यहाँ उपस्थित भएको छु।

चुनाव घोषणा भइसकेपछि यही तरिकाले संसद चलिरहनु र जीवित भइरहनु उपयुक्त हुँदैन। प्रजातन्त्रमा विश्वास राख्ने दलहरुले निष्पक्ष निर्वाचनमा विश्वास गर्छन्।

तर संसद राखिराखेर निष्पक्ष निर्वाचन हुन सक्दैन।
अब म चाहिँ संसदमा आउँदिन। पार्टीको अध्यक्ष पनि छु। मैले पहिले पनि भत्ता पकाउनका लागि संसद आउँदिन भनेको हो।

२०७९ भाद्र १९, आईतवार प्रकाशित 0 Minutes 52 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।