२०७९ आश्विन १९ बुधबार
  • काठमाडौँ

मेयर बालेन भन्नुहुन्छ – काठमाडौं जिल्ला अदालतको अन्डरग्राउन्ड पनि खाली हुन्छ ।

भदौ १०, काठमाडौ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले जिल्ला अदालतको अन्डरग्राउन्ड पनि खाली गर्ने बताएका छन्।

बुधबार काठमाडौँको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैं फिल्डमा पुगेका उनले अवै-ध संरचना बनाउने साना ठूला कसैलाई पनि नछाड्ने बताए। सबै खाले अवैध संरचना हटाएरै छाड्ने उनले बताए।

अत्याधुनिक शैलीमा बनाइएको जिल्ला अदालत बबरमहलको अन्डरग्राउन्ड पार्किङको प्रयोगमा छैन। जसका कारण व्यस्त सडकको फुटपाथमै सेवा-ग्राहीले सवारी साधन पार्किङ गरिरहेका छन्।

यता, बानेश्वरमा रहेको अल्फा बिटा कम्प्लेक्सको अ-वैध पार्किङ हटाउन काठमाडौँ महानगरका मेयर बालेन शाहले निर्देशन दिएका छन् ।

महानगरभित्रका अ-वैध संरचना हटाउन र भूमिगत पार्किङहरु व्यवीिथत गर्न अभियान नै सुरु गरेका बालेनले आज बुद्धनगरस्थित अल्फा बिटा कम्प्लेक्सको अनुगकमनमा गएका हुन् ।

सो क्रममा बालेनले कम्प्लेक्सका मालिकसँग नक्सा मागेपछि उनले दिन नसक्दा मेयर बालेन आ-क्रोशित भए । केहीबेर चर्काचर्की नै परेपछि बालेनले तत्कालै अवैध संरचना रहेको सटर तत्कालै झार्न अल्फा बिटा समूहका अध्यक्ष द्विराज शर्मालाई निर्देशन दिए ।

तर शर्माले पनि बालेनलाई डनजस्तो शैली नदेखाउन चेता-वनी दिएका छन् । काठमडौँ महानगरले यसअघि नै ३५ दिने सूचना निकालेर नक्साविना बनेका सबै अ-वैध संरचना हटाउन र

भूमिगत पार्किङको अनुमति लिएर व्यापारिक प्रयोजनमा भाडामा लगाइएका ठाउँ खाली गर्न भनेको थियो । तर घरधनीहरूले अटेर गरेपछि बालेन स्वयं एक्सनमा आएका छन् । अहिले डाेजर लगाएर विभिन्न ठाउँमा अवैध संरचना भत्काइँदै छ ।

२०७९ भाद्र १०, शुक्रबार प्रकाशित 1 Minute 34 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार