२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

गृहमन्त्रीका पिएसओनै सुन तस्करीमा मुुछिएपछि…

भदौ ६, काठमाडौ : सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा एक पछि अर्को काण्ड बाहिर आइरहेका बेला शान्ती सुरक्षाको जिम्मा लिएका

गृहमन्त्रीकै वरिपरिका मान्छेको बदमासी बाहिरिएको छ ।
गृहमन्त्री बालकृष्ण खाणका व्यक्तिगत सुरक्षा अधिकारी पीएसओ प्रहरी वरिष्ठ नायव निरीक्षक वरिष्ठ सई

टंक कार्की सुन तस्क-री वि-वादमा मुछिएका छन् । तस्क’रीको सुन लुकाएको आ-रोपमा उनले एक व्यक्तिलाई थुनाएर पैसा लिएको आ-रोप लागेको छ । त्यससम्बन्धि उजु-री परेपछि उनीमाथि छानबिन सुरु भएको छ ।

कार्कीलाई पीएसओको जिम्मेवारीबाट हटाएर हेडक्वार्टर तानिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए । डिएसपीको नेतृत्वमा उनीमाथि छानबिन थालिएको छ ।

गत गत असारमा दुबईबाट आएका पाँच व्यक्तिले ५० ग्रामका दरले ल्याएको सुन फिर्ता नगरेपछि भएको वि-वादमा गृहमन्त्रीका पिएसओ जोडिएका हुन् । जसमा उनले चितवनका एक व्यक्तिलाई प-क्राउ गरी त्यो सुन बराबरको पैसा फिर्ता दिन दबाब दिएका हुन् ।

करिब २० लाख रुपैयाँ बराबरको तस्क-रीको सुन चार जनाले गायब बनाएपछि तस्क-रका नाइकेले गृहमन्त्रीका पिएसओ कार्कीलाई प्रयोग गरी सार्वजनिक मु-द्दामा थुनाएर पैसा असुलेका हुन् । तर, सुन तस्क-री गर्ने व्यक्तिमाथि छानबिन सुरु भएको छैन ।

सुन तस्क-रीको भएकाले कतै उजुरी पनि नपर्ने भन्दै दुबईबाट आएका युवकहरुले गायब बनाउन खोजेका थिए । तर, तस्क-रीमा संलग्न समूहको प्रहरी अधिकारीसँग समेत सेटिङ भएकाले उनीहरुले यसरी थुनाएर पैसा असुल्न खोजेका हुन् ।

यो घ-टनामा गौशाला वृत्तका तत्कालिन डिएसपी केशब भट्टराई पनि छानबिनमा तानिने प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । गृहमन्त्रीको पिएसको यस्तो धन्दा बाहिरिए पछि सामाजिक संजालमा गृहमन्त्री र प्रधानमन्त्री देउवाको समेत चर्को आलोचना भइरहेको छ ।

२०७९ भाद्र ६, सोमबार प्रकाशित 1 Minute 174 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।