२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

गुल्मी – २ मा एमालेको विरासत तोडेर देखाउँछु – रामकुमारी झाँक्री

भदौ ५, गुल्मी : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले गुल्मी क्षेत्र नम्वर – २ मा एमालेको २५ बर्ष देखिको विरासत तोड्ने उद्घोष गरेकी छन् ।

आईतबार गुल्मीको सदरमुकाम तम्घासमा सो पार्टीका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै उनले आगामी निर्वाचनमा एमालेको विरासत आफुले तोडेर देखाउने उद्घोष गरेकी हुन् ।

उनले कार्यकर्ताहरुलाई भनिन् – गुल्मी क्षेत्र नम्वर – २ मा हामीले २५ बर्ष पुरानो विरासत तोड्ने दिन नजिकिदै आएको छ, यसर्थ एक ढिक्का भएर निर्वाचनमा जुट्नुहोस्।
उनले गुल्मी क्षेत्र नम्वर–२ का नेताहरुको नाम नलिई थपिन् ।

कसै–कसैलाई आफ्नो विरासत गुम्ने खतरा भएपछि छटपटी सुरु भएको छ । उनिहरुको झुटा आश्वासनले गुल्मीका जनताहरु आजित भए । अब जनताले विकल्प खोजेका छन् । र, त्यसको छिनोफानो मसिर ४ को निर्वाचनले गर्नेछ।

शनिवारदेखि सुरु भएकाे प्रशिक्षण भोलिसम्म चल्ने छ । जिल्ला स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्वोधन गर्न आज दिउँसो ३ बजेतिर सो पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल आउने कार्यक्रम रहेको नेकापा एकीकृत समाजवादी गुल्मीले जनाएको छ ।

२०७९ भाद्र ५, आईतवार प्रकाशित 0 Minutes 128 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।