
भदौ ५, काठमाडौ : सामाजिक अभियान्ताको रुपमा परिचित हेमराज थापा स्वतन्त्र उम्मेदवारको रुपमा संघीय चुनावमा ल-डने भएका छन्।
केही वर्षदेखि बिभिन्न मुद्दा लिएर माईतिघरदेखि बालुवाटारसम्म आन्दोलन गर्दै आएका थापाले संसदबाट जनता र देशका पक्षमा ल-ड्ने घोषण गरेका हुन्।
उनले आफ्नो फेसबुक पेजमार्फत लेखेका छन्, अहिलेसम्म सडकबाट लड्यौँ, सडकमा बोल्यौँ,अब संसदबाट जनता र देशका पक्षमा लड्ने छौं।
समाजका विभिन्न विषय वस्तु लिएर आन्दाे-लनमा हाेमिदै आएका उनी अब भने संघीय चुनावमा गएर जनताकाे पक्षमा ल-ड्ने बताएका छन्।
थप समाचार, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद्ध-तिबारे मतदाताको विश्वास अभिवृद्धि गराउन र मतदानमा आम सहभागिता बढाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा निर्वाचन विषय हेर्ने पत्रकारसँग आज आयोगले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रमुख आयुक्त थपलियाले लोकतन्त्रको जीवन्त पक्ष
नै आवधिक निर्वाचन भएकाले यसबारे नियमित बहस र सम्प्रेषण गराउन आग्रह गरे। उनले संवैधानिक व्यवस्थाअनुसार विद्यमान निर्वाचन प्रणालीमा दलले नै उम्मेदवारी दिने र उसैले जित्ने तथा हार्ने कुरालाई स्थापित गर्नुपर्ने बताए।
प्रमुख आयुक्त थपलियाले जसरी पनि जित्नै पर्छ भनेर गलत हर्कत गर्ने अभ्यास स्वच्छ, निष्पक्ष र भयरहीत निर्वाचनका लागि उपयुक्त नहुने उल्लेख गर्दै गत स्थानीय तहको निर्वाचनमा मतदाता नमावली, बदर मत, मतपत्रको ढाँचा आदि विषयमा
देखिएका कतिपय कम-जोरीबाट यस पटकको निर्वाचनमा पाठ सिकिने जनाए। उनले आउँदो निर्वाचनमा एकीकृत सूचना प्रवाहको संयन्त्र खडा गरिने तथा मतदानका दिन सवारी साधनको आवागमनलाई आवश्यकतानुसार खुकुलो बनाइने स्पष्ट पारे।
सबै निर्वाचन आयुक्त र आयोगका सचिव सहभागी कार्यक्रममा पत्रकारले सूचना व्यवस्थापन र प्रवाहको प्रणालीलाई अझ व्यवस्थित, एकीकृत र छिटो छरितो एवं आधिकारिक बनाउन सुझाव दिएका थिए ।
कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले मङ्सिर ४ गते हुने निर्वाचनको तयारी र व्यवस्थापनबारे तथा सञ्चार विज्ञ किरण चापागाईँले गलत सूचना, दुष्प्रचार र निर्वाचनबारे प्रस्तुतीकरण गरेका छन् ।