२०७९ आश्विन १५ शनिबार
  • काठमाडौँ

मेयर साम्पङलाई ३ दिनपछि बालेनको जवाफ, ढिलो आयो तर कडा आयो !

भदौ ४, काठमाडौं : जबसम्म फोहोर उठ्दैन, म व्यंग्य गरिरहन्छु। जुन दिनसम्म काठमाडौंको फोहोर सोहोरिँदैन, सहर सफा हुँदैन। त्यसैले धरानले मात्र होइन, चारैतिरबाट प्र-हार गर्नुपर्छ अनि बल्ल काम हुन्छ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले शुक्रबार भिडियोमार्फत काठमाडौं महानगरपालिकाका मेयर र सरोकारवालाई हरु लक्षित गरेर दिएको अभिव्यक्ती हो यो । साम्पाङले काठमाडौंको फोहोरलाई लिएर निरन्तर स्टाटस समेत लेखिरहेका छन् ।

जसले जे भनेपनि धरानका मेयरको अभिव्यक्तीले धेरै दबाब परेको छ र काठमाडौंको फोहोरमा तिब्र गतिमा काम हुन थालेको खबर बाहिरिएको छ । काठमाडौंको फोहोर धरानका मेयरका स्टाटस र अभिव्यक्तीपछि रफ्तारमा उठिरहेको छ ।

बालेनलाई पनि हर्कको सामाजिक सञ्जालको निरन्तरको प्रहारपछि ठूलो उर्जा मिलेको बुझ्न सकिन्छ । बालेन आलोचकलाई कामबाट जवाफ दिने छवि बनाउदै आएका छन् । यसैबीच, फोहोरमा पनि यही छवि प्रकट गरेका हुनसक्ने बुझिएको छ ।

यसैबीच, बालेनले हर्कलाई इंगित गर्दै आज शुक्र्रबार राती एउटा स्टाटस लेखेका छन् । उनको स्टाटसलाई धेरैले हर्कको रिप्लाई अर्थात हर्कलाई पथ्थरको जवाफ फुलबाट भन्दै प्रतिक्रिया दिएका छन् । केहीले बालेनले हर्कलाई ढिलो तर बोल्ड जवाफ दिएका प्रतिक्रिया दिएका छन् ।

आज २८७ फोहोर बोकेका गाडी बञ्चरेडाँडा पुगेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत काठमाडौंलाई स्वच्छ सफा कायम गर्ने दायित्वमा महानगर पछि नहट्ने उल्लेख गरेका छन् ।

काठमाडौं देशको राजधानी भएकाले यहाँ हुने राम्रा, नराम्रा कुराहरुको देशभर प्रभाव रहने कुराप्रति हामी सचेत छौँ । यसैले देशभरबाट यहाँको विकास र व्यवस्थापनमा जुन किसिमको प्रत्यक्ष चासो देखिएको छ, त्यो सकारात्मक र सह्रानीय मानेका छौँ, उनले भनेका छन् ।

यस किसिमको चासो र खबरदारीको सँधै आवश्यक रहने र सर्वसाधारणको साथ, चासो, अपनत्व र खबरदारीहरु लागि आफूहरु आभारी रहेको शाहको भनाइ छ । बालेनले स्टाटससँगै फोहोर बोक्ने गाडीहरुको तस्वीर पनि सार्वजनिक गरेका छन् ।

२०७९ भाद्र ४, शनिबार प्रकाशित 1 Minute 395 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।