२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

कुलमान घिसिङ भन्नुहुन्छ – विद्युत प्राधिकरणको नाफाको ग्राफ अझै बढ्छ ।

भदौ ३, काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताएका छन् । बुधबार काठमाडौंमा भएको प्राधिकरणको ३७औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै घिसिङले यस्तो बताएका हुन् ।

उनले प्राधिकरणलाई अझ उत्कृष्ट बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाए । कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले विद्युत निर्यातको विषयमा चिन्ता लिन आवश्यक रहेको बताए । उनले प्राधिकरणको आर्थिक सुधार गर्न सरकार समेत लागेको बताए ।

उनले वर्तमान सरकार आएसँगै प्राधिकरण विद्युत निर्यात गर्न सफल भएको बताए । घिसिङले भनेका छन्, विद्युत प्राधिकरण चिन्ता मात्रै व्यक्त गरेर बसेको भए नेपाल अझै लाडसेडिङमा र विद्युत प्राधिकरण घाटामा नै भइरहने थियो । चिन्तासँगै त्यसको समाधान र व्यवस्थापन पनि छ ।

जति हामीले जोखिम मोल्छौं त्यति प्राधिरकणलाई फाइदा हुन्छ । अहिले प्राधिकरण निजी क्षेत्रबाट विद्युत उत्पादन कम्पनी अगाडि आउनुपर्छ भनेर अगाडि बढेको छ । त्यसको कारण प्राधिकरणको ग्राम माथि उकालो लाग्दैछ ।

उकालो लागि रहन्छ । उनले थप भनेका छन्, तपाईहरुलाई प्रतिबद्धताका साथ भन्छु आगामी दिनमा प्राधिकरणको ग्राफ अझै उकालो लाग्छ । यो विषयमा हामी बढी चिन्तित हुनुपर्ने आवश्यकता छैन । सरकार लागेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र उर्जामन्त्री पम्फा भुसालको आगमनसँगै प्राधिकरणले विद्युत व्यापार गर्न सफल भएका छौं । सानो झिल्कोले पनि ठूलो काम गर्छ । साना कुरामा चिन्ता गर्नपर्छ जस्तो लाग्दैन । यो शुरुवात हो ।

यसका साथै उनले शुरुवातमा केही शुभ संकेत देखाएको र आगामी दिन धेरै राम्रो बन्दै जाने उनको भनाइ छ । उनले थपे, विद्युत निर्यातका विषयमा चिन्ता गर्नु पर्दैन । चिन्ता प्राधिकरणलाई कसरी व्यवस्थित गर्ने कर्मचारीले बढी भन्दा बढी काम गरेर प्राधिकरणलाई उत्कृष्ट संस्थाको रुपमा अगाडि बढाउने कुरामा गम्भिर हुनुपर्छ ।

उनले विद्युत प्राधिकरणका कर्मचारीको तलव खानसमेत ऋण लिनुपर्ने अवस्थाको अन्त्य भएको बताए । उनले प्राधिकरणका कर्मचारीले बोनस लिने निर्णय नहुँदै अख्तियारदेखि १० ठाउँबाट पत्र आउने स्मरण गरे । कार्यकारी निर्देशक घिसिङले अहिले प्राधिकरण नाफामा रहेकाले तलव खान ऋण लिनुपर्ने अवस्था अन्त्य भएको बताए ।

उनले प्राधिकरणले कर्मचारीको वृद्धि विकास र सेवा सुविधामा चार वर्षमा ठूलो फड्को मारको बताए । घिसिङले पछिल्लो पाँच वर्षभित्र करिव तीन गुणा विद्युत खपत बढाएको बताए । उनले प्राधिकरणले धेरै पूर्वाधार विकास र सवस्टेसन र ट्रान्समिसन लाइनहरु बनाएकाले पनि खपत बढेको बताए ।

उनले प्राधिकरण राज्यको सबै संयन्त्र नभएको भन्दै राज्यले पनि गर्नुपर्ने बताए । घिसिङले प्रत्येक वर्ष २० देखि २५ प्रतिशतले विद्युत खपत बढाएर उर्जा क्षेत्रको ठूलो फड्को मारको बताए ।

उनले भनेका छन्, हिजो विद्युत प्राधिकरण कर्मचारीहरुले तलव खानको लागि पनि ऋण लिनुपर्ने अवस्था थियो । त्यो बेला सानो इन्सेन्टिभ खाऔं भनेर बोर्डले पास गर्न नपाई अख्तियारबाट चिठी आउने गथ्र्यो ।

१० स्थानबाट पत्र आउने थियो । कुनै पनि निर्णयको कार्यान्वयन नहुने गरेको थिएन । आज त्यो स्थितिको अन्त्य भएको छ । प्राधिकरण नाफामा नभएको भए सम्भव छ । प्राधिकरणले कमाइ रहेकाले यो सम्भव भएको हो ।

उनले फेरि भने, प्राधिकरणले कर्मचारीको वृद्धि विकास र सेवा सुविधाभा चार वर्षमा ठूलो फड्को मारको छ । त्यस्तै प्राधिकरणले पछिल्लो पाँच वर्षभित्र करिव तीन गुणा विद्युत खपत बढाएको छ । प्राधिकरणको विद्युत खपत बढाउने कार्ययोजनाको कारणले बढेको हो ।

प्राधिकरणले धेरै पूर्वाधार विकास र सवस्टेसन र ट्रान्समिसन लाइनहरु बनाएका छौं । प्राधिकरण राज्यको सबै संयन्त्र होइन । राज्यले पनि गर्नु पर्छ । तर विद्युत खपत नबढेको छैन । प्रत्येक वर्ष २० देखि २५ प्रतिशतले विद्युत खपत बढ्नु भनेको उर्जा क्षेत्रको ठूलो फड्को हो । अझै विद्युतको खपत बढाउनु पर्छ ।

निर्देशक घिसिङले विद्युत प्राधिकरणले ३७ वर्षको इतिहासमा सबैभन्दा बढी १६ अर्ब १६ करोड ५० लाख खुद मुनाफा आर्जन गर्न सफल भएको बताए । उनले विद्युत खपतमा भएको वृद्धि,विद्युत चुहावट नियन्त्रण, प्राधिकरणको विद्युत

गृहबाट उत्पादित विद्युत परिणाममा भएको वृद्धि, ४५७ मेगावाट माथिल्लो तामाकोशी जलविद्युतको सञ्चालन, विद्युत आयातमा कमी, निर्यातमा भएको वृद्धि र अन्य आयमा भएको वृद्धि तथा खर्च नियन्त्रणका कारणले मुनाफा आर्जन सम्भव भएको दाबी गरे ।

उनले नेपालका ९३ प्रतिशत जनताले विद्युत सुविधा पुगेको बताए । घिसिङले वैकल्पिक उर्जा समेत गरेर करिव ९६ प्रतिशत जनताले विद्युत सुविधा पाएको दाबी गरे । उनले अहिलेसम्म ४२ जिल्ला पूर्णविद्युतीकरण भएको र आगामी दुई वर्षभित्र शतप्रतिशत जनता सामु विद्युत पहुँच पु¥याउने सरकारको लक्ष्य पूरा गर्न प्राधिकरणले सम्पूर्ण साधन, स्रोत परिचालन गरेको बताए ।

२०७९ भाद्र ३, शुक्रबार प्रकाशित 0 Minutes 115 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।