२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

मेयर साम्पाङ नरोकिएपछि मेयर साहकी श्रीमती आइन मैदानमा, केही छिनमै भइन आउट !

भदौ २, काठमाडौँ : काठमाडौँको फोहोरको विषयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ बिचको

ब्याटलले नयाँ रूपमा लिएको छ । ब्याक टु ब्याक मेयर साम्पाङले बालेन माथि स्टाटसको वर्षा गराए पछि बालेनकी श्रीमती सविना काफ्लेले इन्ट्री गरेकी छिन् ।

काफ्लेको नयाँ इन्ट्रीसंगै बालेन र साम्पाङ बिचको ब्याटलले नयाँ रूप लिएको हो । बालेन र हर्कको जुहारी नयाँ क्याइमेक्समा पुगेको छ । बालेनकी श्रीमती सविना काफ्लेले हर्क साम्पाङलाई लक्षित गर्दै हाइकु लेखेकी छिन् ।

आफ्नो सामाजिक सञ्जाल फेसबुकमा बालेनकी श्रीमती सविना काफ्ले हर्क साम्पाङलाई लक्षित गर्दै हाइकु लेखेकी छिन् । उनले लेखेकी थिइन, हलुको सोच, पखेटा भाको चिल गरुङ्गो ढुंगो ।

यद्यपी काफ्ले पहिलो बलमै आउट भएकी छिन् । अर्थात उक्त स्टाटस एक मिनेटमै डिलिट गरिएको छ । स्टाटस डिलिट गरे पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भने स्क्रिन सट गर्दै पोस्ट गर्न सुरु गरेका छन् ।

उनले पोस्ट गरेको हाइकु देख्ने बित्तिकै हर्क र बालेनको जुहारीमा उनको श्रीमतीको इन्ट्री भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले कमेन्ट गर्न थालेका थिए । त्यस लगत्तै उनले आफ्नो वालबाट उक्त पोस्टलाई हटाएकी छिन् ।

सबैभन्दा पहिला काठमाडौँको फोहोरलाई लक्षित गर्दै हर्क साम्पाङले जसले जे भनोस् तर म काठमाडौँ नगएको भए फोहोर उठ्ने थिएन रहेछ । कमसे कम काम त सुरु गरे ।

भन्ने स्टाटस लेखका थिए । सो स्टाटसलाई बालनेले हो नि, तपाई कै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि । कमेन्ट गरेपछि सुरु भएको जुहारी थप उग्र बन्दै गएको छ ।

२०७९ भाद्र ३, शुक्रबार प्रकाशित 0 Minutes 406 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।