२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

नेता खनाल भन्नुहुन्छ – १५ वर्ष आयु बढेको छ, अझै चुनाव लड्छु, अझै जनताको सेवा गर्छु ।

भदौ १,काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले उम्मेदवारी दिने बताएका छन् ।

नेता खनालले आफूलाई अझ जवान अनुभूति भएकाले फेरि पनि इलामको क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने बताएका हुन् ।

गत साल गम्भीर बिरामी परेर निको भएपछि अझ १५ वर्ष आफ्नो आयु बढेको बताउँदै इलामे जनताको सेवा अझै गर्ने नेता खनालले बताए। आफ्नो निर्वाचन क्षेत्र इलामको क्षेत्र नं. १ जाने क्रममा शनिबार झापाको बिर्तामोडमा पत्रकारहरूसँग

कुरा गर्दै नेता खनालले आफू अझ सक्रिय भएर राजनीति गर्ने बताए। आगामी मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि सत्ता गठबन्धनले गर्ने तालमेल स्थानीय तहको जस्तो भए त्यो अस्वीकार्य हुने उनले बताए।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आगामी चुनावबाट नेकपा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् । खोटाङका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई

सम्मान तथा प्रशिक्षण कार्यक्रममा स्थानीय तहको मत परिणामको आधारमा भट्टराईले उक्त दाबी पेस गरेका हुन् । एमालेविरुद्ध महागठबन्धन बनाउँदा ३८ लाख लोकप्रिय मतका साथ २०६ स्थानीय तहमा एमालेले जितेको उनले दृष्टान्त पेस गरे ।

२०७९ श्रावण ३१, मंगलवार प्रकाशित 0 Minutes 186 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।