२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

केपि ओलीको नजरमा युवा, काम गर्न अल्छी, धैर्यताको कमी, योगदानभन्दा बढी उपलब्धि खोज्ने !

भदौ १, काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ वर्षमै मन्त्री बन्न कानुनले पनि नदिने बताएका छन्। काठमाडौंमा आयोजित ‘युवा, महिला र राजनीति’ विषयक अन्तरक्रियामा

उनले राजनीतिमा पनि परिपक्वता चाहिने भएकाले नै त्यस्तो कानुन बनाएको बताए। १८ वर्षमै मन्त्री त हुँदैन नि। २० वर्षमा मन्त्री भैहाल्दैन। कानुनले पनि पाइँदैन। वडा सदस्य हुन पनि २१ वर्ष उमेर पुग्नुपर्छ।

यो यतिकै बनाएको होइन। अलिकति परिपक्वता चाहिन्छ भनेर बनाएको हो, उनले भेन। पछिल्लो समय राजनीतिमा युवाहरुले स्थान नपाएको गुनासोलाई सम्बोधन गर्दै उनले थपे, युवाहरुले बुढा प्रोफेसरका पछि कति लाग्ने?

युवा नै प्रोफेसर हुनुपर्छ, मै प्रोफेसर हुन्छु, छोड भनेर हुँदैन। विद्यार्थी आफैँ प्रोफेसर बनेर हुँदैन। त्यसका लागि समय लाग्छ, उनले भने। उनले एक दिन युवा पनि प्रोफेसर बन्नसक्ने र त्यसका लागि अथक मेहनतको आवश्यकता पर्ने बताए।

काम गर्न अल्छी, पर्खिन धैर्यताको कमी, योगदानभन्दा बढी उपलब्धि र हैसियत खोज्ने, इमानबिनाको राजनीति गर्ने, पूरा नभएपछि असन्तुष्ट हुने, असम्भव र अनुचित आकांक्षा राख्ने, अनि प्राप्त नभएपछि उफ्रिने, उनले भने।

धेरै युवाहरुले नबुझिकनै अब हामी चलाउँछौं देश भन्ने गरेको उनको भनाइ थियो। उनले घरबाट बाहिर निस्केर म्याराथनमा दौडिन्छौं भन्दैमा स्वर्ण पदक नजितिने बताए। घरबाट कहिल्यै ननिस्किएको मान्छेले गफ दिएछ, यसपालाको विश्व म्याराथनमा स्वर्ण पदक मै जित्छु।

त्यस्ता मान्छेहरु एक किलोमिटरमै स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्छ, उनले भने। फुटबल नखेलेको मान्छे मैदानमा पसेर मेसी सेसी आउट भनेर नहुने ओलीले बताए। रोनाल्डो, मेसी, के जाति सब आउट। यिनहीरुको गोल्डेन बुट मैले खोस्छु।

मेरा खुट्टाले लगाउँछ। गफ दिएर हुन्छ। पहिले त सिक्नुप-र्यो नि, उनले भने। उनले अनावश्यक गफ दिएर देश नबन्ने बताए। त्यसका लागि धैर्यताका साथ युवाहरु अगाडि बढ्नुपर्ने बताए।

कुनै पनि देश अर्काले बनाइदिँदैन। आफैँ बनाउनुपर्छ। हामीले पनि यो देशलाई चिटिक्क पार्न सक्छौं। सुन्दर बनाउन सक्छौं। कसले गर्छ भन्दा त्यो मान्छे तपाइँ आफैँ हो, उनले भने।

२०७९ श्रावण ३१, मंगलवार प्रकाशित 1 Minute 131 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।