२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

भैरहवा स्थित गौतमबुद्ध विमानस्थल यात्रुका लागि सहज भएन !

भदौ १, काठमाडौ : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यात्रुका लागि सहज हुन सकेन । देशको दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल खुले संगै वैदेशिक रोजगारिमा जाने नेपाली निकै हर्शिर्त भए

पनि केही समस्या रहेका छन् । रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतको जजिरा एयरलाइन्सले सोमबारसम्ममा तीनवटा उडान–अवतरण गरिसकेको छ ।

नेपालको उडान इतिहासमा ७४ वर्षपछि उपत्यकाबाहिरबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनुलाई सगर्व लिइएको छ तर, जेठ २ गतेदेखि अन्तर्राष्ट्रिय उडान सुरु भएको विमानस्थल यात्रुका लागि भने अझै सहज हुन सकेको छैन ।

दुबई तथा अन्य देशबाट नेपाल सहजै आफ्नो घर नजिकै अवतरण गर्न पाउँदा खुसी बनेका नेपालीहरू रातिको समयमा ट्याक्सी को समस्या भोगेको बताउछन् ।

ट्याक्सिको समस्या, हिटेल तथा सहज यातायातको समस्या, श्रम तथा अन्य मेनपावर एजेन्सीहरुको सुलभता नहुनु अर्को समस्या हो ।

तर यस अघि नै श्रम मन्त्री श्रेष्ठले अब कतार भिसा सेन्टर गाम्का संगै श्रम कार्यालयको शाखा समेत बिमानस्थल नजिकै सार्ने जनाइ सकेका छन् ।

मध्य तथा पश्चिम नेपालका बैदेशिक रोजगारमा जाने युवाहरु सहज यात्रा र नजिकै प्लेनबाट झरेर घर जान पाउँदा भने खुसी छन् ।

२०७९ भाद्र १, बुधबार प्रकाशित 0 Minutes 350 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।