२०७९ आश्विन १९ बुधबार
  • काठमाडौँ

धरानमा मेयरले प्रचण्डलाई भेटेकै दिन प्रचण्ड माथि खनिए बालेन !

भदौ १, काठमाडौं : धरानका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटवार्ता गरेका छन् । भेटका क्रममा अध्यक्ष प्रचण्डले साम्पाङलाई स्वागत र सम्मान स्वरुप खादा समेत लगाइ दिए ।

धरानको खानेपानी समस्या समाधानका लागि संघीय सरकारसँग छलफल गर्न काठमाडौं आएका मेयर साम्पाङले मंगलवार (आज) अध्यक्ष प्रचण्डसँग उनकै निवास खुमलटारमा भेट गरेका हुन् ।

मेयर साम्पाङ र प्रचण्डबीच धरानका उपमेयर आईन्द्रविक्रम बेघाको संयोजनमा भेट भएको बताइएको छ । बेघा नेकपा माओवादी केन्द्रबाट उपमेयरमा निर्वाचित भएका थिए ।
भेटमा समसामयिक राजनीतिका साथै विकासका विभिन्न पक्षका बारेमा कुराकानी भएको बताइएको छ ।

यस्तै, देश बनाउने भन्दै ठुला ठुला भाषण दिँदै हिँडेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आज मुख भरिको जवाफ दिएका छन् ।

प्रचण्डका घरबेटी शारदा प्रसाद अधिकारीले ठेक्का लिएर ८ वर्ष देखि अलपत्र बनाएको ककनी जाने बाटोको दुरावस्था देखाउने छोटो भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रचण्डको मुखै बन्द हुने गरी बालेनले सटाएर मारेका छन् ।

प्रचण्डले कुन नैतिकताले देश बनाउँछु भन्न सकेको भन्दै उनले खरो प्रश्न गरेका छन् । खासै यो तहको खरो आलोचना कम गर्ने गरेका बालेनले पहिलो पटक प्रचण्डसँग मुखको तितो नमज्जासँग पोखेका छन् । यस्ता ठेकेदारको घरमा बसेर प्रचण्डले देश बनाउँछु भन्ने ? भन्दै बालेन रिसाएका छन् ।

यो सडक निर्माणको जिम्मा शैलुङ कन्स्ट्रक्सनले पाएको छ । यो ठेकेदार कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारी हुन् । उनी हाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बस्दै आएको घरको घरबेटी समेत हुन् ।

बालेनले लेखेका छन्, श्रीमान प्रचण्डज्यू ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।

पछिल्लो समय सत्तारुढ ३ दलहरुका धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर-१ का प्रमुखहरुले बञ्चरेडाँडामा फोहर विसर्जन स्थायी रुपमा बन्द गर्न माग गर्दै विज्ञप्ति नै जारी गरेपछि बालेनले त्यसको विरोध गर्दै आएका छन्।

मंगलबार पनि काठमाडौं उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँडामा गएको गाडीलाई स्थानीयले अ-वरोध गरेपछि प्रहरीले हवाई फायर र अ-श्रुग्याँस प्र-हार गरेको छ ।

तनाव सिर्जना भएपछि नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड हवाई फायर र केही सेल अश्रुग्याँस प्रहार गरेको हो । फोहोर बोकेर गएको गाडीलाई स्थानीयले गुलेलीलगायतका साधनले हान्ने र अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको हो ।

प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीका अनुसार स्थानीयले गाडीलाई अवरोध गरेपछि प्रहरीले ५ राउन्ड हवा-ईफायर र केही सेल अश्रु-ग्याँस प्र-हार गरेको हो ।

स्थानीयबासीले प्रहरीमाथि नै ढुंगामुढा प्रहार गरेपछि हवाई-फायर गर्नुपरेको मैनालीले बताए। स्थानीयबासीले विभिन्न माग राखी फोहोर फाल्नलाई अव-रोध गर्दै आएका छन् ।

२०७९ भाद्र १, बुधबार प्रकाशित 1 Minute 114 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार