२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

अर्थमन्त्रीकाे शर्माको यस्तो आग्रह महावीर पुनलाई !

साउन ३१, काठमाण्डौ : अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सिंहदरबारमा आज साेमवार भेटवार्ता भएको छ ।

भेटमा अर्थमन्त्री शर्माले कृषि औजार कारखाना सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई अध्ययन गर्न आग्रह गर्नुभयो । सरकारले कृषि औजार कारखानालाई सञ्चालन गर्ने

निर्णय गरेकाले ती कारखानाको अहिलेको अवस्था अध्ययन गरी त्यसलाई सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।
कृषि औजार कारखानाको अवस्थाको अध्ययन गरी छिट्टै सञ्चालनमा ल्याउने गर्ने र यसलाई कृषि औजार

उत्पादन कारखाना मात्र नभइ कृषि औजार आविष्कार केन्द्रको रूपमा पनि विकास गर्ने सरकारको लक्ष्य रहेको छ, उहाँले भन्नुभयो । केन्द्रका अध्यक्ष महावीर पुनले कृषि औजार कारखानाले नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने

औजार उपकरणहरूको उत्पादन गर्ने, मर्मत गर्ने तथा नयाँ उपकरणहरू आविष्कार गर्ने बताउनुभयो । कारखानालाई पुनर्जीवन दिइ ती ठाउँमा कृषि औजार आविष्कार केन्द्र बनाउने अर्थमन्त्रीको योजनाप्रति आफ्नो समर्थन रहेको बताउँदै

पुनले भन्नुभयो, कृषि औजार कारखानाले नेपालका ग्रामीण किसानलाई आवश्यक पर्ने कृषि औजार निर्माण गर्नुका साथै साना तथा मझौला उद्योगलाई आवश्यक पर्ने औजारहरू समेत निर्माण गर्छ ।

कृषि औजार कारखानालाई कम्प्युटर प्रविधिबाट समेत सञ्चालन हुने गरी आधुनिकीकरण गर्न सकिने आविष्कार केन्द्रका अध्यक्ष पुनले बताउनुभयो ।

अर्थमन्त्री शर्माले राष्ट्रिय आविष्कार केन्द्रको अध्ययनको सुझावअनुसार सरकारले छिटै कृषि औजार कारखानालाई पुनर्जीवन दिने आश्वासन दिनुभयाे ।

२०७९ श्रावण ३१, मंगलवार प्रकाशित 0 Minutes 174 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।