२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

ईश्वर पोखरेल भन्नुहुन्छ – जित्ने र टिक्नेलाई मात्रै उठाउँछौँ, बहुमत ल्याएर देखाउँछौँ ।

साउन ३१, काठमाडौ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले स्थानीय तह निर्वाचनमा सर्वाधिक जनताको लोकप्रिय मत पाएकाले एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बहुमत ल्याउने जिकिर गरे ।

उनले उमेदवार तय गर्दा व्यवस्थापकीय कमजोरी भएकाले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न नसकेको बताए । तर, अब हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले त्यस्तो गल्ती नगर्ने उनको भनाइ छ ।

एमालेले अब जित्ने र टिक्नेहरूलाई मात्रै निर्वाचनमा उमेदवार बनाउने उनको भनाइ छ । आउने निर्वाचनमा नेकपा (एमाले)ले बहुमतका साथ प्रतिनिधिसभामा पनि आफ्नो प्रतिनिधित्व गर्छ ।

तपाईंहरूको मनमा प्रश्न उठन सक्छ– हिजो स्थानीय तह निर्वाचनमा त भएन नि ? स्थानीय तह निर्वाचनमा हामीले जनताको सर्वाधिक लोकप्रिय मत प्राप्त ग-र्यौँ ।

स्थानीय तह निर्वाचनमा उमेदवारी दिने सन्दर्भमा व्यवस्थापकीय कमजोरी भएकाले हामीले सोचेजस्तो परिणाम ल्याउन नसकेको हो । अब हामी आउने चुनावमा समयमै उमेदवारी दिन्छौँ । जित्नेलाई उठाउँछौँ, टिक्नेलाई उठाउँछौँ, उनले भने ।

२०७९ श्रावण ३१, मंगलवार प्रकाशित 1 Minute 162 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।