२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

इजरायल रोजगार – शुन्य लागतमा थप १ हजार नेपाली कामदार लैजाने !

साउन ३१, काठमाडौं : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोदेरबीच शिष्टाचार भेटवार्ता भएको छ।

राजदूत गोदेर मन्त्री कुँवरलाई भेट्न सोमबार मन्त्रालय आएका थिए। उनीहरुबीच विशेष गरी दुई देशबीचको श्रम सम्झौता बारे छलफल भएको छ। छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले हिजो मात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार

कृषी कामको लागि लैजाने विषयमा टुंगो लगाएको कुरा जानकारी गराएका थिए। त्यस्तै उनले यसअघि सहायक कामदारको लागि ९ हजार ६९९ जनाले निवेदन दिएकोमा १ हजार १४७ जना कामदार छनौट भएर इजरायल जाने तयारीमा रहेको पनि जानकारी गराए।

भेटमा मन्त्री कुँवरले गोदेरलाई नेपाली जनतालाई इजरायल सरकारले उपलब्ध गराएका सबै प्रकारका सहयोगका लागि धन्यवाद दिए। साथै उनले आगामि दिनमा पनि इजरायल सरकारले नेपालका कृषी,पर्यटन,उद्योग लगायतका विभिन्न

क्षेत्रमा सहयोग गर्न अनुरोध गरेका छन्। मन्त्री कुँवरले श्रम मन्त्रालयले भरखरै विदेशबाट फर्किएका नेपाली कामदारको लागि पून एकिकरणको नीति पारित गरेकाले यसमा इजरायलका

लगानी कर्तालाई सहयोग गर्न पनि आग्रह गरे।
त्यस्तै उनले अहिले थुपै नेपालीले इजरायल जान चाहेकाले छिटो भन्दाछिटो उनिहरुलाई इजरायल लैजाने वातावरण बनाइदिन राजदूत गोदेरलाई अनुरोध गरे।

२०७९ श्रावण ३१, मंगलवार प्रकाशित 0 Minutes 148 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।