२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

रबि लामिछानेले हेटौडामा गरे अर्को कमाल, पाए झनै ठुलो समर्थन !

साउन ३१, काठमाडाैँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा घण्टी चिह्नको विकल्प मात्रै रहेको बताएका छन् ।

शुक्रवार हेटौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै उनले वर्षौदेखि शासन गर्ने नेताहरूले देश लु-टेको समेत आ-रोप लगाए ।

वागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले ठूला भनिएका दलका नेताहरूको परिवारवादी सोचको कारण देश विकास नभएको दाबी गरे । उनले भने, अर्काको छोराछोरीलाई बन्दु-क बोक्न लगाएर आफ्ना छोराछोरीले विदेशमा पढेर पास

गरेको डिग्री फेसबुकमा पोष्ट गर्न लाज लाग्दैन र ?
वागमती प्रदेशमा १८ जना के का लागिरु भन्दै उनले प्रश्नसमेत गरे । प्रदेशमा १८ जना मन्त्री बनाएर जनतालाई हिलो,

धुँवा खुवाउँदै खाडल भएको सडकमा गुड्नको लागि मात्र १८ जना मन्त्री बनाएको हो रु प्रदेश सरकार राजनीतिक दलका आफ्ना र कार्यकर्ता भर्ती केन्द्र मात्र हुन् रु त्यसैले यो संरचनाबारे सोच्नुपर्ने समय आएको छ, रविले भने ।

देशमा नेताहरुले गरेको गलत कामको एक/एक हिसाब खोज्ने भन्दै लामिछानेले आउँदो निर्वाचनमा आफूहरु विजयी भए भ्रष्टाचारीको ठोगान लगाइने बताए ।

वागमती प्रदेश भेलाको लागि शुक्रबार बिहान हेटौँडा आएका लामिछानेको टिमले हेटौँडामा रहेको पशुपति मन्दिरको दर्शन गरेर घण्टी बजाउँदै हेटौँडा परिक्रमा गरेको थियो ।

यस्तै, अघिल्लाे शनिवार बुटवलमा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष लामिछानेले ६/६ जना पूर्वप्रधानमन्त्रीले गर्व गर्न लायक कुनै काम नगरेको दाबी गरे । लुम्बिनी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले अब यस्ता

काम नगर्ने पूर्वप्रधानमन्त्री र ठूला भनिएका पार्टीलाई जनताले चिन्ने बेला आएको बताए । उनले नेपाली मतदाता मासुभातमा बिक्छन भन्ने आ-रोप लाग्ने गरेकाले त्यसलाई यसपटक तोड्नुपर्ने बताए ।

यसपाली चुनावका दिन एकादशी र आइतवार अर्थात् रबिवार परेको छ । मासुभातले समेत काम गर्ने छैन, उनले भने, आफैँ पढेको त्रिचन्द्र कलेजको दूरावस्था हुँदा पनि सुधार्न नसक्नेहरूले के गर्छन ? उनले ठूला पार्टीहरूले जनतालाई झुक्याइँ मात्रै राखेका दाबी गर्दै त्यस्ता झु-टको पछि नलाग्न आग्रह गरे ।

उनले आफू नेतृत्वमा आएमा २४ सैं घण्टा नागरिकको समस्या सुन्ने संयन्त्र वातावरण बनाउने बाचा गरेका छन् । भ्रष्टा-चार हेर्न नसक्ने अ-ख्तियार, भ्रष्टा-चारीको फाइल हेर्न नमिल्ने न्यायालयको के काम भन्दै उनले जनताको असली शासन व्यवस्था आफूहरूले ल्याउने बताए ।

अध्यक्ष लामिछानेले अहिले जनताको समस्या सञ्चारमाध्यमले मात्रै उठाउनुपर्ने र सुन्ने प्रवृत्ति रहे पनि आफ्नो पार्टी सिंहदरबारले सुन्नुपर्छ भन्ने मान्यतामा रहेको बताए । उनले विदेशमा रहेका नेपालीहरूलाई समेत भोट हाल्ने अधिकार दिनुपर्ने बताए ।

२०७९ श्रावण ३१, मंगलवार प्रकाशित 1 Minute 170 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।