२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

मेयर साम्पाङ भन्नुहुन्छ – काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।

साउन २९, काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं शहरको विजोग देशेर श्रमदान गर्न मन लागेको बताएका छन् ।

ल्याण्डफिल साइटको समस्याले काठमाडौं महानगरपालिकाको फोहोर उठ्न सकेको छैन । जसका कारण काठमाडौंको सडक पेटिमा फोहोर थुप्रिएको छ ।

जसलाई लक्षित गर्दै साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि

धरानै सफा लागो १ प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो ! धरान उपमहानगरपालिकाको विकास निर्माण सम्बन्धी कामले उनी काठमाडौं आएका छन् ।

स्वतन्त्र उठेर धरानको मेयरमा निर्वाचित उनले धरानको खानेपानी समस्या समाधान गर्न भन्दै निर्माण काममा आफैं सहभागी हुने गरेका छन् र उनले श्रमदानका लागि धरानबासीलाई उत्प्रेरित पनि गरिरहेका छन् ।

२०७९ श्रावण २९, आईतवार प्रकाशित 0 Minutes 174 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।