
अगस्ट १४ अष्ट्रेलिया : गुगललाई अष्ट्रेलियामा ६० मिलियन (करोड) डलर जरि-वाना तिराइएको छ। जनवरी २०१७ र डिसेम्बर २०१८ को बीचमा एन्ड्रोइड फोनमा आफ्नो
व्यक्तिगत स्थानको डाटा संकलन र प्रयोग बारे केही उपभोक्ताहरूलाई भ्रममा पारेको भन्दै गुगलमाथि यतिधेरै जरिवाना तोकिएको हो। अष्ट्रेलियाको उपभोक्ता संरक्षक अष्ट्रेलियन कम्पि-टिशन एण्ड कन्ज्युमर कमिसन
(एसिसिसि) ले गत वर्ष मात्रै गुगल वि-रूद्ध संघिय अदालतमा मु,द्दा दर्ता गरेको थियो। उक्त मु-द्दाका क्रममा १३ लाख अष्ट्रेलियन नागरिक प्रभा-वित भएको भन्दै जरिवानाको माग गरिएको थियो ।
छानबिनका क्रममा गुगलले व्यक्तिगत पहिचान गर्न मिल्नेगरी प्रयोगकर्ताहरूको लोकेसन हिस्ट्री राखेको र वेभ एण्ड याक्टिभिटी सेटिङ मार्फत पनि व्यक्तिगत विवरण संकलन गरेको पाइएको थियो ।
सन् २०१८ पछि भने गुगलले यो विषय अन्त्य गरेको बताएको छ । एसिसिसिकी अध्यक्ष जिना क्यास गोटेलिबले ६० करोड डलर तिर्ने सहमति भएको जानकारि दिनुभयो । संघीय अदालतले गुगललाई नीति तथा शर्त प्रतिबद्धता सुनिश्चित गर्न र
अष्ट्रेलियाली उपभोक्ता कानून बारे कर्मचारीहरूलाई प्रशिक्षण दिन आफ्ना नीतिहरू समायोजन गर्न पनि आदेशमा भनिएको छ । लोकेसन डेटाबारे सन्देशहरू तयार गर्न कुनै भूमिका नभएको भन्दै गुगल अष्ट्रेलियालाई भने छुट्टै जरिवा-नाबाट जोगाइएको छ ।