
साउन २७, काठमाडौं : विदेशबाट अबैध रुपमा ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।
विमानस्थलको आगमन टनेल गेटबाट करिब ६० ग्राम तौल बराबरको सुनको बेरुवा औठी १ थान र ब्रेसलेट १ थान सहित प्रहरीले एक युवकलाई नि-यन्त्रणमा लिएको छ।
सर्लाही लालबन्दी नगरपालिका-६ घर भएका ३३ वर्षीय पदम स्याङ्तानलाई प्रहरीले पक्रा-उ गरेको हो। कतार एयरवेजको विमानमार्फत दोहाबाट काठमाडौं आएका स्याङ्तानलाई जाँच
गर्दा भित्री वस्त्रमा सुन लुकाएर भन्सार छली लैजान लागेको अवस्थामा फेला पारी पक्रा-उ गरेको प्रहरीले जानकारी दिएको छ।
उनलाई आवश्यक अनु-सन्धान एवं कारबाहीको लागि प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौ-चर पठाइएको छ।