२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

अध्यागमन बिभागले थाइल्यान्डसहित युएई र कतार जाने ९ जनाको उडान अनुमति अस्वीकार !

साउन २८, काठमाडौं : भिजिट भिसामा विभिन्न देश हिँडेका ९ जनालाई अध्यागन कार्यालयले उडान अनुमति दिन अस्वीकार गरेको छ।

उनीहरुको यात्रा ‘शंकास्पद्’ रहेको भन्दै अध्यागमन कार्यालयले शुक्रबार उनीहरुलाई ‘अफलोड’ गरेको हो। अध्यागमनका एक कर्मचारीका अनुसार अफलोड हुनेमा मलेसिया हिँडेका गुल्मीका

दिलबहादुर थापा, कतार हिँडेकी मोरङकी बल्मा चौधरी, युएई हिँडेकी गुल्मीकी सिरता विक, पाल्पाकी विष्णु कार्की रहेका छन्। त्यस्तै थाइल्यान्ड हिँडेका कास्कीका सुमी लामा, झापाका

प्रदीप मैनाली र गोरखाका सुशील श्रेष्ठ र देश नखुलेका बर्षा राई र किशोर नेपाली रहेका छन्। भिजिट भिसा सम्बन्धमा गृह मन्त्रालयले तोकेको मापदण्ड पूरा नगरेको भन्दै उनीहरुलाई

उडान अनुमति नदिएको ती कर्मचारीको भनाइ छ। मापद-ण्‍ड पूरा नगरी विभिन्न बहानामा पछिल्लो समय भिजिट भिसामा जानेको संख्या बढेको छ।

अध्यागमन कार्यालयले पनि भिजिट भिसामा जानेहरुको कडाइ गरेको छ। केही दिनअघि युएई हिँडेकी १८ जना महिलालाई अध्यागमन कार्यालयले उडान अनुमति दिन अस्वीकार गरेको थियो। अन्नपूर्ण पोस्ट

२०७९ श्रावण २८, शनिबार प्रकाशित 1 Minute 183 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।