
साउन २७, काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालका ठूला दलका नेताहरूले आफ्नो परिवारको समृद्धिको लागि मात्र काम गरेको आ-रोप लगाएका छन् ।
शुक्रबार हेटौँडामा आयोजना भएको वागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले ठूला भनिएका दलका नेताहरूको परिवारवादी सोचको कारण देश विकास नभएको दाबी गरे ।
उनले भने, अर्काको छोराछोरीलाई ब-न्दुक बोक्न लगाएर आफ्ना छोराछोरीले विदेशमा पढेर पास गरेको डिग्री फेसबुकमा पोष्ट गर्न लाज लाग्दैन ? वागमती प्रदेशमा १८ जना के का लागि? भन्दै उनले प्रश्नसमेत गरे ।
प्रदेशमा १८ जना मन्त्री बनाएर जनतालाई हिलो, धुँवा खुवाउँदै खाडल भएको सडकमा गुड्नको लागि मात्र १८ जना मन्त्री बनाएको हो ? प्रदेश सरकार राजनीतिक दलका आफ्ना र कार्यकर्ता भर्ती केन्द्र मात्र हुन् ?
त्यसैले यो संरचनाबारे सोच्नुपर्ने समय आएको छ, रविले भने । देशमा नेताहरुले गरेको गलत कामको एक(एक हिसाब खोज्ने भन्दै लामिछानेले आउँदो निर्वाचनमा आफूहरु
विजयी भए भ्रष्टाचारीको ठोगान लगाइने बताए । वागमती प्रदेश भेलाको लागि शुक्रबार बिहान हेटौँडा आएका लामिछानेको टिमले हेटौँडामा रहेको पशुपति मन्दिरको दर्शन गरेर घण्टी बजाउँदै हेटौँडा परिक्रमा गरेको थियो ।