२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

वैदेशिक रोजगार – कतार प्रहरीमा पठाउने भन्दै ठ-गी गर्ने म्यानपावर माथि विभागले थाल्यो अनुसन्धान !

साउन २७, काठमाडौँ । वैदेशिक रोजगार विभागले कतार प्रहरीमा पठाउने भन्दै बिज्ञापन गर्ने म्यानपावरमाथि आकस्मिक अनुगमन गरेको छ ।

वैदेशिक रोजगार विभागबाट इजाजतप्राप्त संस्था अल तकेत ओभरसिज नेपाल प्रालीले कतार प्रहरीमा पठाउने भनि अन्तर्वार्ताको मिति समेत तोकेको अवस्थामा आकस्मिक

अनुगमन गरेर अनुसन्धान थालेको हो । विभिन्न व्यक्तिसँग १५ लाख रुपैयाँसम्म उठाएको भन्ने व्यहोराका समाचारहरु प्रकाशन भएका भन्दै संस्थाको काम शंकास्पद लागेर अनुसन्धान थालेको विभागले जनाएको छ ।

अहिले म्यानपावरका सम्बन्धित कागजात बरामद गरी अन्य आवश्यक अनुसन्धान भइरहेका विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताउनुभयो ।

२०७९ श्रावण २७, शुक्रबार प्रकाशित 0 Minutes 152 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।