
साउन २८, काठमाडौं : सचेत नेपाली पार्टीका अध्यक्ष पुन्य प्रसाद प्रसाईले आउँदो निर्वाचनमा उम्मेदवार घोषणा गरेका ९० देखि ९५ प्रतिशत स्वतन्त्र उम्मेदवारहरु पुरानै पार्टीका
उम्मेदवारहरुलाई जिताउन लागि परेको आरोप लगाएका छन् ।
आउँदो प्रदेश र संघिय निर्वाचनमा स्वतन्त्र र स–साना दलहरु मिलेर निर्वाचनमा नगए वैकल्पिक भनेर आफुहरुलाई दाबी गर्ने दलहरुको हरिबिजोग हुने र स्वतन्त्र उम्मेदवारले जितेको
खण्डमा भोली कुनै राजनीतिक दलले सजिलैसँग किन्न सक्ने र विचार नभएका स्वतन्त्र व्यक्ति वा दल धेरै टिक्न नसक्ने उनले दाबी गरेका छन् । सत्ता गठबन्धनले नै निर्वाचन गरेको खण्डमा निर्वाचन निष्पक्ष नहुने सत्ता गठबन्धनले बहुमत ल्याउँने र प्रतिपक्षि दल नेकपा एमालेको जम्मा ३१ सिट आउँने बरु
निष्पक्ष निर्वाचन गराउन सयुक्त सरकार गठन गर्नुपर्ने त्यसका लागि आफुहरुले आन्दो-लन गर्ने बताए । र आफुहरुले बिभिन्न स्वतन्त्र व्यक्ति स–साना दलहरु मिलेर १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने र निर्वाचनपछि पार्टी एकता गर्ने तयारी गरेको उनले बताए ।
दैनिक न्यूज नेपालसँगको अन्तर्वार्तामा उनले भने,– ‘स्वतन्त्र धेरै खालका छन् हेर्नुस्, पहिलो कुरा त स्वतन्त्र के छ भने, एउटा मान्छेलाई जिताउनका लागि जस्तो, शेरबहादुलाई नै शेरबहादुरको विरोध गरे जस्तो गरेर अर्को त्यहाँ शेरबहादुरको विपक्षमा जो मान्छे खडा थियो ।
त्यसलाई जित्नको लागि, उनीहरुको भोट कटाउनका लागि शेरबहादुरले उठाका शेरबहादुरको विरोध गरे जस्तो गरेर शेरबहादुरले नै उठाएका स्वतन्त्र हुन्छन् एक । यहाँ गगन थापाले ४,५ जना स्वतन्त्र उठाउनु हुन्छ । अर्कोको भोट काटेर म जित्छु भनेर उठाउनु भाको ।
अब यहाँ के छ भने, तपाई स्वतन्त्र भनेर सबै गगन थापको विरोध गरेर उठेका सबै गगन थापालाई हराउँन उठेका हुदैनन् जिताउन पनि उठेका हुन्छन् । उनले थपे, स्वतन्त्र मान्छेहरु किन उठेको ? सांसद हुन, र सत्तामा पुग्नलाई त हो नि ! उसको अरु भिजन त छैन् नि !
जब विचार नै हुदैन भने, विचार नभएको मान्छे त जुनसुकै बेला भ्रष्ट हुन्छ नि ! होइन ? विचार नभएको मान्छे, एउटा कुरा के बुझनुस् भने, भ्रष्ट्रिकरण कहाँबाट सुरु हन्छ ? जब एउटा मान्छेले विचार छोड्छ क्या, तपाई विचारमा अडुन्जेल भ्रष्ट हुदैन, एमाले किन भ्र-ष्ट भयो ? कांग्रेस किन भ्रष्ट भयो ? किन भने उनीहरुले विचार छाडे । विचार छाडेपछि भ्रष्ट्रिकरण हुन्छ । दैनिक न्युज नेपाल