२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

ज्ञानेन्द्र शाही भन्छन् – ३१८६८ भोट ल्याएर जुम्लाबाट जित्छु, अर्थमन्त्रालय मेरो लागि राम्रो हुन्छ ।

साउन २६, काठमाडौं : प्रतिनिधिसभा सदस्यका लागि आउँदो संघिय निर्वाचन जुम्लाबाट लड्ने घोषणा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले ३१८६८ मत ल्याएर विजयी हुने दाबी गरेका छन् ।

२७ जनाको टिमले जुम्लामा अनुसन्धान गरेर हिजो डाटा तयार पारेको उनले बताए । आज दिउँसो ललितपुरको सातदोबाटोमा ज्ञानेन्द्र शाही जिताऔं अभियान अन्र्तगत सम्पर्क कार्यलयको उद्घाटन गरेपछि दैनिक न्यूज नेपालसँगको कुराकानीमा

जुम्लाबाट निर्वाचन जित्ने र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा गएपछि आफु अर्थ सम्बन्धि विषय पढेकोले गर्दा आफुलाई अर्थमन्त्रालय नै राम्रो हुने बताए । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पहिले नै युवाहरुलाई प्रतिनिधित्व गराउने घोषणा गरिसकेको बताए ।

उनकै शब्दमा, मेरो सिधा कुरा छ । ३१८६८ भोटका साथ हामी अहिलेको जुम्लाको निर्वाचन जित्छौं । हाम्रो डाटाले बताउँछ, हामीले यसरी गरेका छौं ।

यो किन भने, जुम्लामा एउटा टिमले काम गरिरहेको थियो । त्यो टिमले हिजो डाटा प्रस्तुत गरेको छ । हामीले जुम्ला जिल्लामा झन्डै ७४ हजार भोट छ ।

अहिलेको अनुमान हामी जसरी त्यो डाटा आएको छ । जुन तथ्याङ्क आएको छ । तथ्याङ्कको अनुमान २७ जनाको टिम’
ले काम गरेर निकालेको रिपोर्ट हो । करिब–करिब ७४ हजार भोट हुन्छ जुम्लामा । अहिलेका नयाँ थपिने गरेर ७४ हजार मध्य ६५ प्रतिशत भोट खस्छ ।

यसको मतलब ४५ हजार ८ सय ८० भोट खस्न सक्छ । त्यस मध्य करिब–करिब सिंजा (ख)बाट तपाईको ३५ हजार भन्दा बढि भोट रहन्छ, त्यसको ८० प्रतिशत भोट चाही हामीलाई खस्छ ।

त्यो झन्डै १७ हजार ३ सय ६० र त्यसै गरी क्षेत्र (क) मा ३९ हजार भोट छ । ३९ को ६२ प्रतिशत भोट खस्छ, ६२ प्रतिशत भोटको ६० प्रतिशत भोट हामीलाई खस्छ र त्यो १४ हजार ५ सय ८ हुन्छ ।

यो दुईवाटै गरेर ३१८६८ भनेको सबैभन्दा कम अहिलेको जुन हाम्रो प्रेडिक्सन, जुन हाम्रो ‘डाटा’ अनुसन्धान भइरहेको छ । एक्सपोर्टको टिमले त्यो देखाएको छ । तर यसको मतलब यो होइन कि हामीले पुरै नै जितिनै हाल्छौं भन्ने हिसाब हामी घमण्ड गर्दैनौं । त्यही भएर मैले जुम्लामा हारे पनि जिते पनि स्वागत छ ।

कार्यकारी पद हुने स्थानिय निर्वाचनमा नलडेर संघिय निर्वाचन किन लड्नु भो ? भन्ने प्रश्नमा उनले भने– संघमा कार्यकारी मन्त्री हुन्छ त, गृहमन्त्री हुन्छ, अर्थमन्त्री हुन्छ । किन प्रतिनिधिसभाको सांसद लडेपछि हाम्रो पार्टी सरकारमा जान्छ ।

अर्थमन्त्री, गृहमन्त्री हामी त हो नि, अरु हो हुन्छ ? युवालाई नलिएर कलाई लिन्छ पार्टीले ? पुरानै अनुहार त नदोहोर्याउला पार्टीले, युवाको प्रतिनिधित्व जादैंन भने, म पनि पार्टीको हिसाबले, पार्टीको बरियताको क्रममा प्रवक्ता हो ।

कार्य सम्पादन समितिको सदस्य हो । पार्टी यदि सरकारमा गयो भने भोली युवालाई प्रतिनिधित्व गर्न नदिएर कलाई गर्न दिन्छ पार्टीले ? त्यो योजना त अध्यक्ष ज्यूले घोषणा नै गर्नु भा छ त ।

पहिले जुम्लाका जनताले जिताउन, जनताले जिताइसकेपछि, जनता र नेपालका नागरिकले कस्मा जा भन्नु हुन्छ तर मेरो अलिकति अर्थ सम्बन्धि म पढेको हुनाले अर्थमन्त्रालय नै मेरो लागि राम्रो हुन्छ ।

२०७९ श्रावण २६, बिहीबार प्रकाशित 0 Minutes 175 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।