२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

अस्ट्रेलिया उडे गायक विक्रम बराल !

साउन २६, काठमाडौं : नेपाल आइडल सिजन-२ का उपविजेता विक्रम बराल उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया उडेका छन् ।

शुक्रबार उनी अष्ट्रेलियाको ब्रिसबेनस्थित टोरेन्स युनिभर्सिटीमा माष्टर इन प्रोफेसनल एकाउण्टिङ अध्ययन गर्नका लागि विदेश उडेका हुन् । एबीसी ग्लोबल एजुकेशन कन्सल्ट्यान्सीको

नयाँ बानेश्वरस्थित शाखाबाट विक्रमले भिसा प्रक्रिया पूरा गरेका थिए । उनले भिसा प्रक्रिया पूरा गरिदिने एबीसी ग्लोबल एजुकेशनको टिमलाई समेत धन्यवाद दिएका छन् ।

भिसा प्रक्रिया सफल बनाउन सहयोग गर्ने अभिमानसिंह बस्नेत, तपन थापा, डोजिल केसी र सम्पूर्ण एबीसी ग्लोबल एजुकेशन परिवारलाई धन्यवाद दिन चाहन्छु, गायक बरालले भने ।
उनले आफू अष्ट्रेलिया पुगेर पनि संगीतकर्मलाई निरन्तरता दिनेसमेत उल्लेख गरे ।

सन् २०१० मा उनले विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । त्यसपछि प्ल टु पनि विशिष्ट श्रेणीमा उत्तीर्ण गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट बीबीए पनि विशिष्ट श्रेणीमै उत्तीर्ण गरेका छन् ।

२०७९ श्रावण २६, बिहीबार प्रकाशित 1 Minute 151 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।