२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

केपि ओलि भन्नुहुन्छ – आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर देखाउँछ ।

साउन २४, रौतहट : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकार विकास वि-रोधी भएको आरो-प लगाएका छन् ।

एमाले रौतहटले सदरमुकाम गौरमा सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले गठबन्धन सरकारको आलो-चना गरेका हुन् । यो सरकार भ्रष्टा-चारमा चुर्लुम्म डुबेको छ ।

देशलाई निकास दिने भनेको एमाले नै हो, उनले भने, आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर देखाउँछ ।
अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको बेला रौतहटको विकासका लागि छनौट गरिएका धेरै योजनाहरु गठबन्धनको सरकारले हटाएको आ-रोप लगाए ।

माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा रौतहटको विकासका लागि सिन्कासमेत भाँचेनन्, उनले भने,अहिले आएर ठूला कुरा गर्न थालेका छन् । अरु पार्टीले २०–२५ वर्षमा गर्न नसकेको काम एमालेले ३ वर्षमा गरेर देखाएका दाबी गरे ।

यही जिल्लाका नेपालले २१ महिना प्रधानमन्त्री हुँदा जिल्लाको विकासका नाममा सिन्को पनि भाँचेनन्, उनले थपे । अध्यक्ष ओलीले तराई मधेसमा हुने डुबान समस्या समाधानका लागि आफूले भारतसँग कुरा गरेको तर अहिलेको सरकारले केही गर्न नसकेको सुनाए ।

उनले सभामा आफू मधेसविरोधी नभएको भन्दै मधेशका जनतालाई फकाएका थिए । म प्रधानमन्त्री हुँदा मेचीदेखि महाकालीसम्मकै जिल्लामा विकासका काम भयो, उनले भने, हुलाकी राजमार्ग भन्नुहोस् कि रेलमार्ग भन्नुहोस्, धेरै योजनामा पैसा पठाए, धेरै काम भए ।

उनले तराई मधेसको विकास र देशलाई समृद्ध बनाउन एमालेले अबको चुनाव जित्नु पर्ने बताए । खरा-ब मौसमका कारण अध्यक्ष ओली चढेको हेलिकप्टर सिमरामा अवतरण भएको थियो । त्यहाँ केहीबेर कुरेर ओली रौतहट आएका थिए ।

कडा सुरक्षाबीच ओलीले सभालाई सम्बोधन गरेका थिए ।
लोसपाबाट अघिल्लो स्थानीय तह निर्वाचनमा गौर नगरपालिका बाट नगरप्रमुखमा चुनाव जितेका अजय गुप्ता-लाई अध्यक्ष ओलीले टीका लगाएर एमाले प्रवेश गराएका थिए ।

२०७९ श्रावण २४, मंगलवार प्रकाशित 1 Minute 148 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।