२०७८ माघ ९ आईतवार
  • काठमाडौँ

साउदीबाट विदामा आएकाहरु समयमै नफर्के तीन वर्षे प्रतिवन्ध लाग्ने !

काठमाडौँ : साउदी अरबले आफ्नो मुलुकबाट अव नफर्किने गरी (बोलीचालिको भाषामा फिनिस) स्वदेश फर्केका बाहेक विदामा गएका विदेशी नागरिक भिसाको म्याद नसकिंदै

नफर्केमा तीन बर्षे बन्दे,ज लाग्ने स्पष्ट पारेको छ । साउदी अरबको विदेशी नागरिकको आवागमन सम्वन्धि विषय हेर्ने सरकारी निकायले विदामा गएकाहरुको अवस्थालाई पूर्ण रुपमा फर्किएकाहरुको मान्यता नदिईने स्पष्ट पारेको हो ।

साउदी गजेटका अनुसार त्यसरी साउदी अरबबाट बाहिरिएकाहरु भिसाको अवधि बाँकी हुँदै नफर्केमा तीन बर्षको बन्दे’ज लाग्नेछ । तर रोजगारदाताले नयाँ भिसा उपलव्ध गराएमा भनें त्यस्ता विदेशीलाई ब’न्देज लाग्ने छैन ।

घरेलु श्रमिकका रुपमा काम गर्न गएकाहरु ६ महिना भित्रमा साउदी अरब नफर्केमा उनीहरुको आवासिय अनुमति तथा भिसा स्वत: खा’रेज हुने पनि समाचारमा जनाइएको छ ।

२०७८ आश्विन ७, बिहीबार प्रकाशित 0 Minutes 52 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार