२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

धरानका मेयर साम्पाङको अभियानमा अर्का चर्चित गायक दिप श्रेष्ठ सहभागी !

साउन २४, काठमाडौं : वरिष्ठ गायक दीप श्रेष्ठ यतिबेला सामाजिक कार्यमा पनि सक्रिय छन् । ‘द भ्वाइस अफ नेपाल’को चौथो श्रृंखलाको कोचबाट विश्राम लिएपछि उनी यतिबेला फुर्सदमा पनि छन् ।

श्रेष्ठ यतिबेला गृहनगर धरानमा छन् । निजी कामको सिलसिलामा धरान पुगेका उनी उपमहानगरका मेयर हर्क साम्पाङको निम्तोमा वृक्षरोपण अभियानमा पनि सहभागी भएका छन् ।

सिमसिमे पानीको पर्वाह नगरी छाता ओढेरै गायक श्रेष्ठले बीपी पार्क पुगेर वृक्षरोपण गरे । फेसबुकबाट त पहिल्यैदेखि वृक्षरोपण गरेको देखेकै थिएँ, आउन पनि उत्सुक थिएँ, उनले भने, आज आफ्नै हातमा वृक्षरोपण गर्न पाएँ, खुसी लाग्यो ।

घरमा बस्नुभन्दा गएर वृक्षरोपण गर्न पनि गायक श्रेष्ठले धरानवासीलाई आग्रह गरे । श्रेष्ठसँगै अन्य स्थानीयबासीले पनि पार्कमा वृक्षरोपण गरे । उनले यस्तो कार्यमा मेयरलाई सघाउन समेत आग्रह गरे ।

मेयर निर्वाचित भएपछि साम्पाङले प्रत्येक शनिबार वृक्षरोपण अभियान चलाइरहेका छन् । गायक श्रेष्ठ यतिबेला केही गीतको तयारीमा समेत छन् ।

यस्तै, मेयर हर्क साम्पाङले नयाँ योजनालाई अगाडी सारेका छन् । साम्पाङले धराने जनतालाई ठूलो राहत दिने गरी नयाँ योजना अगाडी सारेका हुन् ।

उनले धरानका डाँडामा सरसर बहने हावाबाट विजुली निकालेर धरानलाई उज्यालो बनाउने योजना अगाडी सारेका हुन् । हिउँदमा खोलाको पानी सुकेर बत्ति बाल्न नपाउने जनताका लागि साम्पाङले यो योजना ल्याएका हुन् ।

यो योजनाबारे जानकारी दिदै मेयर साम्पाङले सामाजिक संजाल पोस्ट गरेका छन् । उनले आफ्नौ अफिसियल फेकबुकमा लेखेका छन्, ‘हिउँदमा खोलाको पानी कम भए पनि डाँडामा बहने हावा सरररर…हुन्छ ! त्यही हावाबाट बिजुली निकाल्ने हो ! त्यसको परीक्षण पनि गर्नेछौँ ! अहिले पानीबाट निकाल्न लागेका छौँ ! जय धरान !

२०७९ श्रावण २४, मंगलवार प्रकाशित 0 Minutes 216 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।