२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

भुवन केसी भन्छन् – नेपाली चिलचित्रलाई विश्वबजारीकरण गर्न प्राविधिक पक्षलाई बलियो बनाउनुपर्छ ।

साउन २२, कास्की : चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चिलचित्रलाई विश्वबजारीकरण गर्न प्राविधिक पक्षलाई बलियो बनाउनुपर्ने बताएका छन् ।

पोखरामा शनिबार क्याराभान नेपाल प्रालीले आयोजना गरेको आफ्नो कथा आफ्नो चिलचित्र कार्यक्रमको उद्घाटन गर्दै केसीले नेपाली चिलचित्रलाई विश्वबजारीकरण गर्न बोर्डले दक्ष प्राविधिक उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन् ।

आफू छाेटाे समयकाे लागि बाेर्डमा आएकाे भए पनि यस क्षेत्रका समस्याबारे परिचित भएकाले तिनकाे समाधान तथा समग्र चलचित्र क्षेत्रको सुधारका लागि काम गर्ने बताए ।
चलचित्र विकास बोर्डको अध्यक्षमा भर्खरै मात्र नियुक्ति भएको छ ।

थुप्रै समस्या छन् । जसको समाधानको बाटो खोज्दै अगाडि बढ्नेछु । समग्र चलचित्र क्षेत्रको उत्थानका लागि सम्पूर्ण चलचित्रकर्मी, पत्रकार लगायत सबैको साथको अपेक्षा छ, उनले भने, काम गर्न आएको हुँ ।

छोटो समय नै सही काम गरेर देखाउने छु । यस्तै नेपालको मौलिक कथाका विषयमा आफ्नो चिन्तन पहिलेदेखि नै भएको अभिव्यक्ति उनको थियो । जीवनको ४० वर्ष आफूले चिलचित्र क्षेत्रमा बिताएकाले चलचित्र निर्देशक, निर्माता, लेखक, कलाकार, प्राविधिकका समस्यालाई नजिकबाट नियालेको उनले बताए ।

केसीले निर्माता तथा निर्देशक एवम् कलाकार बिमल पौडेलले चालेको कदमको प्रशंसा गरे । समाजको कथा खोज्ने कार्यमा विकास बोर्डले सक्दो सहयोग गर्ने भनाई उनको छ ।
क्याराभान नेपाल प्रालीका निर्देशक एवम् कार्यक्रम ‘आफ्नो

कथा आफ्नो चिलचित्र’ का परिकल्पनाकार विमल पौडेलले नेपाली चलचित्र र दर्शकबीचको दुरी बढ्दै गएको अभिव्यक्ति प्रस्तुत गरे । चलचित्र निर्माता तथा निर्देशक शिवजी

लामिछानेले चलचित्र विकास बोर्ड सेन्सरमा मात्रै सीमित नरही कथाको खोजी गर्ने र चिलचित्रको संरक्षणमा लाग्नुपर्ने बताए । उनले यसका लागि सहज नीति नियमको अवधारणामा जानुपर्ने आवश्यकतालाई सुझाएका छन् ।

२०७९ श्रावण २२, आईतवार प्रकाशित 0 Minutes 141 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।