२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

पुरञ्जन आचार्य भन्नुहुन्छ – अक्सफोर्ड पढेर देउवालाई हराउन सकिदैन ।

साउन २२, काठमाडौं : बरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले अक्सफोर्ड पढेर शेरबहादुर देउवालाई हराउन नसकिने बताएका छन् ।

शेरबहादुर देउवाले पार्टी भित्र भएको कुनै पनि असहमतीलाई बदलाको भाव लिएर हिडेकोले अहिले केपी शर्मा ओली र एमालेको डरले शेरबहादुर देउवाले गठबन्धन गरेको बताएका छन् ।

सागर ढकालले प्रधानमन्त्री शेरबहादुर देउवाकै निर्वाचन क्षेत्र डडेलधुराबाटै चुनाव लड्ने घोषणा गरेका छन् । उनी इन्जिनियर हुन् । बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट अध्ययन गरेर आएका छन् ।

पुरञ्जन आचार्यले भनेका छन्, ‘मलाई सबै भन्दा मन नपर्ने कुरा यो पढेर आएको यो जागिर छोडेर आएको, म अब चाहि नेपालमा राजनीति सुधार्न आएको छु, भन्नेहरुबाट यो सुध्रिने वाला छैन, केही पढनु पर्दैन ।

म यति पढेर आएको छु । अब म राजनीतिमा लागे शेरबहादुरलाई हराउछु, भनेर भन्नु जस्तो मुर्खता केही होईन । शेरबहादुरलाई हराउन सकेकोलाई म धन्यवाद दिन्छु, किन भने उनीबाट यो देश बन्दैन ।

नेपालमा राजनीति गर्न नेपालकै अर्थशास्त्र बुझेको मान्छे चाहिने हबर्ट र अक्सफोर्ड पढेर शेरबहादुर देउवालाई हराउन नसक्ने बरु नआएको भए हुने यो हुन नसक्ने कुरा भएको उनले बताए ।

राजनीति गर्ने धेरै पढेको मान्छे नचाहिने बरु सागर ढकालले अक्सफोर्ड नपढि बरु मल पाइएन भनेर बरु आन्दोलनमा गए अक्सफोर्डको पीएचडी यहि हुने बताएका छन् ।

राजनीति गर्न विदेशमा अक्सफोर्ड पढेर प्रधानमन्त्री नहुने जनताको समु गएर जनताको दुःखमा सडकमा गएर आन्दोलन गरेर साथ दिएको भए बरु जनताको साथ दिने राजनीति गर्न सजिलो हुने उनको भनाई छ ।

शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री हुदा पनि केही काम नगरेको एक्लै चुनावमा जाने क्षमता नभएको र प्रचण्ड कम्युनिष्ट नभएको तानाशाह भएको बताएका छन् । दैनिक न्युज नेपाल

२०७९ श्रावण २२, आईतवार प्रकाशित 0 Minutes 169 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।