
दक्षिण कोरिया, सोल : गुरुदत्त न्यौपाने, दक्षिण कोरियाले “हाइ-टेक फिल्ड इन्टर्नशिप भिसा” (D-10-3) लागू गर्ने भएको छ।दक्षिण कोरिया सरकारले यहाँको कर्पोरेट बजारको
प्रतिस्पर्धालाई सुदृढ गर्ने उद्देश्यले यो भिषा कार्यक्रम अन्तर्गत उत्कृष्ट विश्वविद्यालय मा पढने विदेशी विधार्थीहरुलाई कोरियाका उच्च प्रविधियुक्त ठुला कम्पनीहरु तथा अनुसन्धान सस्थानहरुमा ईन्टर्नशिपको रुपमा काम गर्न अनुमति दिने यहाँको न्याय
मन्त्रालयले जनाएको छ। न्याय मन्त्रालयले आउदो सोमबारदेखी विदेशका उत्कृष्ट विश्वविद्यालयका विद्यार्थीहरूका लागि “हाइ-टेक फिल्ड इन्टर्नशिप भिसा” (D-10-3) लागू गर्ने जनाएको हो।
यो भिषा अमेरिकी चर्चित म्यागेजिन टाईम द्वारा जारी
गरिएका विश्वका २०० उत्कृष्ट विश्वविद्यालय तथा क्युएस वर्ल्ड युनिभर्सिटी र्याङ्किङमा समावेश विश्वका शीर्ष ५०० विश्वविद्यालय हरुमा उच्च-प्रविधि क्षेत्रहरूमा प्रमुख रहेकाहरू साथै तिन बर्षभित्र विश्वका शीर्ष विश्वविद्यालयहरूबाट
हाई-टेक क्षेत्रहरूबाट स्नातक गरेका हरुलाई जारी गरिने मन्त्रालयले बताएको छ। यो भिषा जारी गरिएका विदेशी दक्ष विधार्थीहरुले कोरियाका ठुला कम्पनीहरु तथा सरकारी अनुदान प्राप्त अनुसन्धान संस्थानहरुमा उच्च प्रविधि क्षेत्रहरु जस्तै
सेमिकन्डक्टर उत्पादन,सुचना प्रविधि,प्रविधि व्यावस्थापन,नानो प्रविधि ,डिजिटल ईलेक्ट्रोनिक्स र बायो प्रबिधिमा ईन्टर्नशिप गर्न सक्ने मन्त्रालयको प्रेस ब्रिफिङमा उल्लेख छ।
सरकारले विदेशी हाई-टेक इन्टर्नहरूको लागि दक्षिण कोरियामा रोजगारी खोज्न मद्दत गर्न र रोजगारी वा स्टार्टअप भिसामा परिवर्तन गर्न चाहनेहरूलाई प्राथमिकता दिने साथै भिषाको अवधि समेत बढाउन सकिने जनाएको छ।
यो भिषा नितिले कोरियाली नागरिकका लागी रोजगारको अवसरमा कुनै प्रतिकुल असर नपरोस भनि यहाँको ठुला कम्पनीहरुमा हाईटेक ईन्टर्नशिप भिषा को अनुपात २०% भन्दा बढी नहुने जनाएको छ।तर साना तथा मझौला उधोगहरुमा भने यो निति लागु भएको ३ बर्ष सम्म यो अनुपात लागु हुनेछैन
कोरिया सरकारले यहाँका ठुला कम्पनीहरुमा भएको कामदार अभाव लाई परिपुर्ति गर्न र कोरियाली कम्पनीहरुले तिनै दक्ष विदेशी कामदार हरु मार्फत विदेशी बजारमा प्रवेश गर्नको लागी मद्दत पुग्ने भएकोले यो भिषा निति लागु गरिएको जनाएको छ।