
साउन २२, काठमाडौ : प्रधानमन्त्री शेरबहादुर देउवावि-रूद्ध संसदीय चुनाव ल-ड्न लागेका सागर ढकालले यतिबेला निर्वाचनकाे तयारी गरिरहेका छन्।
सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घाेषणा गरेसँगै उनले आफू तीव्र भएर चुनावकाे बाँकी तयारीमा लागेकाे बताएका छन्।
उनले सामािजक सञ्जाल फेसबुकमा लेखेका छन्, मङ्सिर ४ गते निर्वाचनको घोषणा भएको छ । आशा छ, अधिकांश युवा नै संसदमा जानेछन्, र देशले नयाँ, क्षमतावान्, योग्य ४० वर्षमुनिकै प्रधानमन्त्री र मन्त्रीहरू पाउँनेछ।
उनले हाल सरकारमा रहेकाहरूले व्यवस्था परिवर्तन गरेकाे भएपनि अब अवस्था परिवर्तनको लागि ४० मुनिका योग्य युवाकाे आवश्यक भएकाे बताएका छन्।
व्यवस्था परिवर्तनका लागि हजुरबुबा, हजुरआमा, बुबा, आमालाई धेरै-धेरै धन्यवाद। अब अवस्था परिवर्तनको लागि हामी ४० मुनिका योग्ययुवा आएका छौं। सबैको साथ र सहयोगले नै देशको अवस्था परिवर्तन गर्न सकिनेछ।
साथ दिनुहोला। उनले लेखेका छन्। उनले केही समयअघि प्रधानमन्त्रीवि-रुद्ध डडेल्धुराबाटै संसदीय चुनाव लड्ने बताएका थिए। प्रधानमन्त्रीवि-रुद्ध उनकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका सागर त्यसकै तयारीका लागि डडेल्धुरा पुगेका थिए ।