
साउन २२, काठमाडौं : क्यानडा पठाइदिन्छु भन्दै रु ७ लाख ठ-गी गरेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसेका ४७ वर्षीया छिरिङ डोमा शेर्पालाई आज प्रहरीले पक्रा’उ गरेको छ ।
क्यानडामा दुई लाख बढी तलब हुन्छ भनी प्रलोभनमा पारेर एक व्यक्तिको रु ७ लाख लिई सम्पर्कविहीन भएको भन्ने जाहेरीका आधारमा काठमाडौँ उपत्यका अप’राध अनु-सन्धान
कार्यालय मिनभवनबाट खोजतलासमा खटिएको टोलीले गोकर्णेश्वरको अत्तरखेलबाट प’क्राउ गरेको हो । उनलाई थप अनु-सन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा पठाइएको छ ।
यसैबीच भारतबाट भन्सार छलि ल्याएको विभिन्न कम्पनीको मोबाइलसहित काठमाडौँ गौशाला बस्ने भारतको पञ्जावस्थित जालन्धर घर भएका ३५ वर्षीय सन्दीप अहुजालाई आज प्रहरीले पक्रा-उ गरेको छ ।
उनको साथबाट गौशालास्थित होटेल कल्चर इनको कोठा नम्बर २०३ मा भन्सार छलेर ल्याइएको १२ थान मोबाइल बरा-मद गरिएको छ । त्यसैगरी बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने बागलुङका
४६ वर्षीय जायश्वर घिमिरेलाई पनि आजै प्रहरीले पक्रा’उ गरेको छ । उच्च अदालत पाटनको गत असार २८ गतेको फैसलाले बैंकिङ क’सूर मु’द्दामा चार दिन कैद र रु १४ लाख जरि-वानाको सजा-य ठहर गरेको थियो ।
त्यसपछि फरा’र रहेका उनलाई केन्द्रिय अनु-स्न्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले लैनचौरबाट पक्रा-उ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।