
साउन २१, काठमाडौं : अष्ट्रेलियन हाइ कमिसनका उच्च पदाधिकारीको टोली नेपालमा आएको छ। उनीहरुले शुक्रबार बिहान नेपालका शैक्षिक परामर्श व्यवसायसँग सम्बन्धित
संघसंस्था तथा व्यक्तिसँग छलफल गर्दैछन्।
स्रोतका अनुसार उक्त छलफल भोलि शुक्रबार बिहान ९ बजे अस्ट्रेलियन दूतावास महाराजगन्जमा हुनेछ। शुक्रबार बिहान हुने छलफलमा पछिल्लो समय बढेको अष्ट्रेलियाको भिसा रिजेक्सनबारे छलफल हुने बताइएको छ।
छलफलमा भिसा रिजेक्सनकाे कारण र समाधानका उपायबारे विस्तृत छलफल हुनेछ। सो क्रममा कन्सलटेन्सीका लागि आचारसंहिता पनि तय गरिने बताइएको छ। त्यस्तै, नक्कली डकुमेन्ट पठाउने कन्सलटेन्सी र सञ्चालक नै कालोसूचीमा पर्नेसम्मको छलफल हुनेछ।
थप समाचार, नेपालको कम्युनिष्ट इतिहासको सेरोफेरोमा रहेर लेखिएको पुस्तक ‘नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र एकतादेखि विभाजनसम्म’ डा ढाकाराम सापकोटाद्वारा लिखित पुस्तक काठमाडौंमा लोकापर्ण भयो ।
नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालद्वारा लोकार्पण भयो । उक्त पुस्तक माथि समिक्षकद्वय डा बेदुराम भुषाल र प्रा.डा इन्दु आचार्यले समिक्षात्मक टिप्पणी गर्नु भएको थियो ।
किताव माथी समिक्षा गर्दै प्रा.डा आचार्यले पुस्तकमा समावेश दस्तावेजको हिसावले सारै उपयोगी र पठन योग्य रहेको बताउनु भयो । यसै गरी डा. भूसालले एकताका सन्दर्भ, एकता पछि भएका निर्णय, पार्टीभित्रका विवाद र त्यसपछि भएका
दस्तावेज पुस्तकमा सङ्ग्रह गरिनु नै महत्वपूर्ण रहेको बताउनु भयो । लेखक डा. सापकोटाले आपूmले पुस्तकमा सत्यतथ्य स्रोतमा आधारित भएर लेखेको जानकारी दिंदै दस्तावेज संलग्न गर्दा परेको कठिनाई बारेमा बताउनु भयो ।
शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलको अध्यक्षतामा सञ्चालीत कार्यक्रममा इतिहास र राजनैतिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिती रहेको थियो । २८ वटा परिशिष्टसहित ४६८ पेज रहेको पुस्तकको मूल्य ६२५/– राखिएको छ । यस पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरेको हो ।