२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

रुपा सुनार प्रकरण : ‘जातीय विभेद’ भएको भन्दै घरबेटीलाई ध’रौटी तिर्न अदालतको आ’देश !

काठमाडौं : जिल्ला अदालत काठमाडौंले तनहुँकी रूपा सुनारमाथि वि’भेद गरेको भन्दै घरबेटी सरस्वती प्रधानलाई १ लाख १५ हजार रूपैयाँ ध’रौटी तिर्न आ’देश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायण प्रसाद सुवेदीको इजलासले घरबेटी प्रधानलाई ध’रौटी तिर्न आ’देश दिएको हो । केही दिन अगाडि नै सरकारी वकिल कार्यालय काठमाडौंले रूपा सुनारको मुद्दा अदालतमा दायर गरेको भएतापनि बुधबार (आज) मात्रै घरबेटी प्रधान

अदालतमा हाजिर भएपछि थुनछेक बहस गरी ध’रौटी तिर्न आ’देश दिएको हो । गत असारमा कोठा हेर्न गएकी रुपा सुनारले आफू कामीकी छोरी बताएपछि प्रधानले कोठा दिन अस्वीकार गरेकी आ’रोप लागेको थियो । त्यसपछि रुपाले आफूमाथि जातीय वि’भेद भएको भन्दै घरबेटी

प्रधानवि’रूद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन् ।
त्यसपछि प्रहरीले घरबेटी प्रधानलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । साथै घरबेटी प्रधानमाथि अनुसन्धान गरी प्रहरीले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर, यता सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नु भन्दै प्रतिवेदन फिर्ता पठाएको थियो, भने घरबेटी प्रधान हिरासतमुक्त भएकी थिइन् ।

२०७८ आश्विन ६, बुधबार प्रकाशित 1 Minute 132 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।