२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

रवि लामिछाने भन्नुहुन्छ – पद खोज्नेहरुलाई पार्टीमा कुनै ठाउँ छैन।

साउन १८, काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले कुनै पद खोज्नेलाई आफ्नो पार्टीमा प्रवेश नदिने बताएका छन् ।

मंगलबार सुर्खेतमा आयोजित कर्णाली प्रदेश स्तरीय भेलामा उनले कुनै पद खोजेर आउन चाहनेलाई प्रवेश निषेध रहेको बताए । उनले अघि भने, जो मान्छे यो पद भए मात्र आउँछु भन्छ

यो पार्टीको जीवन रहेसम्म मेरो जीवन रहेसम्म त्यस्तालाई यो पार्टीमा आउन दिन्न । अहिलेका मूलधारका राजनीतिक दलमा पद नपाएर आफ्नो पार्टीमा आउन चाहनेका लागि पनि ठाउँ नभएको उनले बताए ।

जसले ती पार्टीमा बेथिती रह्यो, मैले चिर्न सकिन भन्छ त्यस्ता मान्छेलाई स्वागत छ, अध्यक्ष लामिछानेले भने । उनले यस पटक पनि मत फेर्न नसके ५ वर्ष फेरि दुख पाइने बताए ।

यस पटक मत फेर्न सकेनौं भने फेरि अर्को ५ वर्षका लागि यही सुनाउनुपर्नेछ, तर मलाई थाहा छैन आफ्नो सुविधा सम्पन्न जीवन छाडेर अर्को हर्क साम्पाङहरु, अर्का स्वतन्त्र उम्मेदवारहरु आउँछन्,

आउँदैनन्, अर्का बालेनहरु र गोपी हमालहरु आउँछन् कि आउँदैनन् ? कर्णाली फेर्ने कामको सुरुवात कर्णालीकै वासिन्दाले आफ्नो भोट फेरेर गर्न सक्ने उनले बताए । ‘तपाईले हाल्ने मतबाहेक तपाईंको भाग्य बदल्ने अरु कुनै उपाय छैन’ उनले भने ।

२०७९ श्रावण १८, बुधबार प्रकाशित 0 Minutes 146 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।