२०८० आश्विन १५ सोमबार
  • काठमाडौँ

सागर ढकालको चर्चा चुलिने देखिएपछि बढ्यो देउवाको प्रेसर !

साउन १८, काठमाडौ : पाँच बर्ष अघि बिबिसीको साझा सवाल कार्यक्रममा शेरबहादुर देउवाले तपाई बढ्ता बोल्दै हुनुहुन्छ भनेर थ’र्काएका युवा अहिले उनीसँगै चुनावी

प्रतिष्पर्धा गर्छु भन्दै मैदानमा उत्रिए पछि यो बिषयले सर्वत्र चर्चा छाएको छ । ज्योतिषमा औधी विश्वास गर्ने देउवाले कुन समयमा सागरलाई थर्काएछन् अहिले उनैलाई मार पर्ने विश्लेषण सुरु भएको छ ।

बेलायतमा विगत लामो समय देखी अक्सफोर्डमा पढेका राम्रा विद्यार्थीले मात्रै प्रधानमन्त्री बनेका छन् हाम्रोमा त्यस्तो कहिले हुन्छ ? भनेर ढकालले सोधको प्रश्नको जवाफ दिँदै तत्कालिन समयमा देउवाले तपाई बढ्ता बोल्दै हुनुहन्छ यहाँ कहाँबाट ल्याउँने अक्स-फोर्ड पढेको भन्दै झो-क्किएका थिए ।

देउवालाई त्यस दिन खरो प्रश्न गर्दै ढकालले सिंगापुरमा लि क्वान यू लाई ढुंगा दिइएको थियो उनले हिरा बनााएर तपाईलाई हिरा दिइएको थियो ढुंगा बनाउँनु भयो भन्दै

आक्रोस व्यक्त गरे पछि देउवा झो-क्किएका थिए । पाँच बर्ष अघि आफैँलाई खरो प्रश्न गर्ने व्यक्ति यसरी प्रतिष्पर्धीको रुपमा आउँला भनेर सायद देउवाले कल्पना समेत गरेका थिएनन् होला तर सागर आएका छन् ।

रोचक संयोग कस्तो छ भने यो पाँच बर्षको अवधीमा उनी अक्सफोर्डमै गएर अध्ययन गरेर आएका छन् र यस पटक शेरबहादुर देउवासँग उनकै क्षेत्रबाट चुनावी प्रतिष्पर्धा गरेर उनलाई हराएर प्रधानमन्त्री बन्छु भन्दै मैदानमा उत्रिएका छन् ।

चुनावको मिति तोक्ने जिम्मामा देउवानै छन् । अहिले सम्म पनि देउवा सरकारले चुनावको मिति तोकेको छैन तर देउवालाई चुनाव हराउँन भन्दै सागर ढकाल चुनावी क्याम्पेनिङ गर्न डढेलधुरा पुगिसकेका छन् ।

सागर ढकालले देउवा विरुद्ध उमेदवारी घोषणा गरे पछि ढकालको चर्चा सामाजिक संजालमा चुलिएको छ । के सामाजिक संजालमा चर्चा चुलिएकै भरमा सागरले देउवासँग चुनावी प्रतिष्पर्धा गरेर हराउँन सक्लानत ?

भन्ने प्रश्न पनि उठेको छ । शहरी क्षेत्रमा स्वतन्त्र युवा उमेदवारहरुलाई केहि सहज भए पनि ग्रामिण एरियामा सहज नहुने विश्लेषण गर्नेहरु पनि धेरै देखिएका छन् ।

स्थानिय तहको निर्वाचनमा बालेनले काठमडौँ महानगरपालिकाको मेयरमा उमेदवारी दिँदा धेरैले पत्याएका थिएनन् । फेसबुकेले भोट दिएर चुनाव जित्ने होर ? भन्दै आलोचना गर्नेहरु पनि धेरै थिए तर बालेनले राजधानीमै गठबन्धन गरेर आउँने र

पहिले जितेका दललाई समेत सानदार पराजित गरेर इतिहास लेख्न सफल भए । के सागरले पनि बालेनले जस्तो कमाल गर्न सक्लान् त भन्ने विश्लेषण पनि सुरु भएको छ ।

बालेन र सागरमा केहि समानताहरु रहेका छन् । दुवै जना युवा हुन् भने दुवै जना इन्जिनियर पनि हुन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इन्जिनियरिङ गरेर सागरले बेलायतको अक्सफोर्ड विश्व विद्यालयबाट पनि डिग्रि लिएर आएका छन् । उच्च महत्वाकांक्षा पनि दुवैमा पाइन्छ ।

सम्भवत बालेनले काठमाडौँमा एतिहासिक जित निकाले पछिनै सागरले पनि चुनावी मैदानमा ओर्लिने निधो गरेका हुन् । सामाजिक संजाल लगायतको न्यु मिडियाको प्रयोग गरेर काठमाडौँका जनतालाई कन्भिन्स गर्न बालेनलाई जती

सजिलो थियो त्यो सजिलो सागरलाई नुहुन सक्छ तर बहालवाला प्रधानमन्त्रीलाई चुनाव हराउँछु भनेर मैदानमा निस्कनुनै उनको ठुलो कुरो हो भनेर पनि प्रशंसा चलिरहेको छ ।

सुरुवाती रुझान हेर्दा सागरको पक्षमा अभूतपुर्व समर्थन देखिएको छ । नाइट बस चढेर डढेलधुरा पुगे पछि उनको चर्चा झनै चुलिएको छ, नपत्याउँने खोलाले बगाउँछ भने झै देउवाका लागी सागर ढकाल ठुलै चुनौति बन्न सक्ने आकलन पनि गर्न थालिएको छ ।

पूर्वप्रधामन्त्री हराउँ अभियान भनेर ठूलै मुभमेन्ट चल्ल सुरु गरेको छ । निर्वाचन सम्म यो अभियान उग्र सँग चर्कन सक्ने सम्भावना पनि देखिन्छ त्यस्तो अवस्थामा देउवाका लागी सागर ठूलै चुनौती बन्न सक्ने पनि अुनमान गरिएको छ।

त्यसो त अरु पनि विविध कारणले शेरबहादुर देउवाले डढेलधुरा छोडेर अन्यन्त्रै चुनाव ल-ड्न खोजेको समाचार पनि बाहिर आइरहेका छन् ।

देउवाले डढेलुधुरा बाट निर्वाचन नलड्ने भए भने त्यस्तो अवस्थामा सागरले के गर्छन् भन्ने हेर्न बाँकी छ तर देउवा जुन क्षेत्रबाट निर्वाचन लड्नेछन् उनी त्यहि क्षेत्रमा जान सक्ने सम्भावना देखिन्छ किनभने गुल्मी स्थायी घर भएका ढकाल देउवालाई हराउँनैका लागी भनेर डढेलधुरा पुगेका छन् ।

२०७९ श्रावण १८, बुधबार प्रकाशित 1 Minute 145 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।