२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

२०७३ मा साउदीमा काम गर्दा अं’ग-भं’ग भएका कृतबहादुरले एक रुपैयाँ अझै पाएनन् !

साउन १८, काठमाडौ : बैतडीको सुर्नया गाउँपालिका–१ हटैराजका कृतबहादुर चन्द २०७३ सालमा वैदेशिक रोजगारीका लागि साउदी अरब गए।

पाइप कम्पनीमा अपरेटरको काम गर्न गएका उनलाई मजदुरको काममा लगाइ उनलाई मासिक १८ सय साउदी अरबियन रियाल पारिश्रमिक हुने भनिए पनि १४ सय रियाल मात्रै दिइयो। यसबाहेक खान बस्नसमेत आफैंले व्यहोर्नु पर्दथ्यो।

र पनि यही सुविधामा चित्त बुझाएका चन्दलाई आफ्नै गाउँलेले भने रातदिन दुःख दिइरहे। मेरै गाउँका मोहन चन्दले मलाई खाल्डोमा हाल्ने,पा’सोमा झु-ण्ड्याउनेदेखि करेन्ट लगाउनेसम्म यातना दिए। अन्तिममा काम गर्ने क्रममै मेरो हातका औँलाहरू का-टिएपछि म घर फर्किएँ,उनले भने।

४६ वर्षीय चन्दका बायाँ हातका औ-लाहरू चल्दैनन्।
काम गर्ने बेला मेसिनले थि-चिएर औलाहरू का-टिएको उनले बताए।आफू घा’इते हुँदा बिमाबापतको रकम वा अन्य कुनै राहत नपाएको बताए। उनले भने-

म घाइते हुँदा नेपाली १५ लाख रकम पाइन्छ भन्ने सुनेको थिएँ। तर,एक रुपँयाँ पनि पाउन पाइँन। आफूलाई झु-क्याएर बिमाबापत पाउने रकम अरुले नै खाइदिएको हुन सक्ने उनको आशंका छ।

म अनविज्ञ रहेको अरबी भाषामा केही कागजातहरू पनि बनाइए। त्यही कागजमा मलाई दस्तखत र औँँठा-छाप गर्न भनियो। मैले जे भन्यो त्यही गरेँ। तर रकम भने पाइन। मेरो रकम मलाई फसाउने मान्छेहरूले खाएको हुनसक्छ,उनले आशंका व्यक्त गरे।

चन्दले साढे ३ वर्ष साउदी अरबमा काम गरेर पनि बिना पैसा घर फर्किन बाध्य भएको बताए। उनले भने, मेरै गाउँलेले मलाई रातदिन सताउने,खान र सुत्न नदिने,मेरो घरका मान्छेहरूसँग मान्छेले झ-गडा गर्ने भएकाले को-रोना कहरका बेला जसोतसो ज्या’न जोगाएर घर पुगेँ

घर फर्किन ६० हजार रकम खर्च गरेको उनले बताए। गाउँकै नरेन्द्र चन्दले मेनपावर कम्पनीसँग गरिदिएको सम्पर्कका आधारमा एक लाख ५० हजार रकम खर्च गरेर वैदेशिक रोजगारीमा गएको उनले बताए।

विदेशमा काम गर्दा घा-इते भएका चन्दलाई बिमा रकम वा राहत रकम लिन कहाँ जाने के गर्ने भन्ने विषयमा जानकारी नै छैन। विदेशमा घा-इते भएका व्यक्तिले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमार्फत केही रकम प्राप्त गर्न सक्ने

जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए। उनले भने, विदेशमा काम गर्दागर्दै घा-इते भएकोमा बिमा लगायत कुनै राहत पाउने व्यवस्था हुनसक्छ। त्यसका लागि राजदूतावासमार्फत कारबाही प्रक्रिया थाल्न सकिन्छ। माग भएका कागजातहरू तयार गरेर रकम पाउन सकिनेछ ।प्रवास खबर

२०७९ श्रावण १८, बुधबार प्रकाशित 1 Minute 174 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।