२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

अब देखि ई–पासपोर्ट आवेदन बिहान ११ बजेबाटै !

साउन १८, काठमाडौं : राहादानी विभागले ई–पासपोर्टको अनलाइन आवेदन मंगलवारबाट बिहान ११ बजेदेखिनै खुल्ने भएको छ।

राहदानी विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा मंगलवारदेखि बिहान ११ बजेबाट नै खुलाउन लागेको हो। विभागले सोमबार सूचना जारी गरी उक्त जानकारी दिएको हो।

विभागले हाल दुई हजार चार सय जनाको प्रि–इनरोलमेन्ट खुलाउँदै आएकोमा अब कोटा पनि बढाउने तयारी गरेको छ ।
प्रि–इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानीका लागि विभागमा पुग्‍नुपर्छ ।

थप समाचार, सरकारले नमुना घोषणा गरेर थप लगानी गरेको काठमाडौँका सामुदायिक विद्यालयका परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा भने कम-जोर प्रदर्शन गरेका छन् ।

एसईईमा काठमाडौँका सामुदायिक र संस्थागतसमेत जोड्दा विद्यालयको औसत नतिजा २.९३ जीपीए रहेको छ ।
जसमध्ये सामुदायिक विद्यालयको औसत जीपीए २।३२ तथा संस्थागत विद्यालयको ३.५ रहेको छ ।

सरकारले नमुना घोषणा गरेको विद्यालयको नतिजा भने जिल्लाकै औसत नतिजाभन्दा पनि कमजोर देखिएको छ । शिक्षा विकास तथा समन्वय एकाइले तयार गरेको विवरणले यस्तो देखाएको हो ।

नमुना विद्यालयकै कम-जोर नतिजा देखिएपछि एकाइले समेत यी विद्यालयमा सरकारी लगानीअनुसारको उपलब्धि हासिल हुन नसकेको विश्लेषण गरेको छ ।

सरकारले घोषणा गरेको नमुना विद्यालयमध्ये काठमाडौँमा मात्रै नौवटा छन् तर ती सबै विद्यालयका एसईईको औसत नतिजा जिल्लाभरको औसतभन्दा कमजोर छ । नमुना विद्यालयमध्ये कालीदेवी माध्यमिक विद्यालय काभ्रे-स्थलीको औसत नतिजा

सबैभन्दा उच्च अर्थात् २।९१ रहेको छ । त्यस्तै कीर्तिपुरस्थित मङ्गल माध्यमिक विद्यालयको औसत नतिजा २।८१ जीपीए रहेको छ ।

नमुना विद्यालय नै घोषणा भएको विश्व निकेतन माध्यमिक विद्यालय र कङ्का-ली माध्यमिक विद्यालयको नतिजा २.७९ रहेको छ तर विश्व निकेतन माध्यमिक विद्यालयबाट एसईईमा सहभागी विद्यार्थी सङ्ख्या सबैभन्दा धेरै अर्थात् २.३२ रहेको छ ।

२०७९ श्रावण १८, बुधबार प्रकाशित 1 Minute 175 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।