
साउन १६, काठमाडौ : स्थानिय तहको निर्वाचनमा विवेकशिल साझा पार्टीको लज्जा-स्पद पराजय पछि अध्यक्ष बाट राजिनामा दिएर बसेका रविन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नातीलाई
भावि राजाको रुपमा देख्न चाहेको बताएका छन् । पूर्व राजा ज्ञानेन्द्रका नाति तथा पारस शाहका छोरा हृदयेन्द्रको २१ औं जन्मदिनमा शुभकामना व्यक्त गर्दै मिश्रले भावी गद्दी–आसनको शुभेच्छा व्यक्त गरेका हुन् ।
पछिल्लो समय विचारभन्दा माथि देश अभियान चलाइरहेका नेता मिश्रले देशलाई नराम्रो संकटबाट जोगाउँन संकटका बेलामात्र सदुपयोग गर्ने उद्देश्यका साथ संसदले बाँधेर खोपामा भए पनि राजसंस्था राख्न आह्वान गरेका छन् ।
उनले संसदले बाँधेको राजतन्त्रको उदाहरण दिँदै भनेका छन्– सन् १९९० मा बेल्जियमका राजा बोदवाँले आफू क्याथोलिक धर्मावलम्वी भएका कारण गर्भपतन सम्वन्धी विधेयक अनुमोदन गर्न मान्दै मानेनन्।
त्यसपछि, सरकारले उनलाई कयौँ दिनसम्म राष्ट्रप्रमुखको पदबाट निलम्वन गरी सामान्य नागरिक बनायो। र, संसदले विधेयक अनुमोदन गरेपछि उनलाई पुनस् गद्दी आसिन गरायो। त्यस्ता उदाहरण अरू पनि छन्, जुन मेरो प्रकाशोन्मूख पुस्तकमा उल्लेख गरेको छु।
उनले आफ्नो २० वर्षको पत्रकारिता र ५ वर्षको राजनीतिक अनुभवले नेपालमा राजसंस्था आवश्यक रहेको बताएका छन् । हृदयन्द्र शाहको जन्मदिनको उपलक्ष्यमा रविन्द्र मिश्रले दिएको शुभकामना यस्तो छ
२१औँ जन्मदिनमा सुस्वास्थ्य, दिर्घायु, देशभक्ती, असल चरित्र, भावी गद्दी-आसनको हार्दिक मंगलमय शुभकामना!२० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले पुर्याएको निष्कर्ष के हो भने – बदलिएको विश्व
भूराजनीतिको भूमरी, लगभग पूर्णतस् आर्थिक परनिर्भर्ता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ(फस्छ।
त्यसैले, संकटका बेलामात्र सदुपयो गर्ने उद्येश्यका साथ संसदले बाँधेर ुखोपामा भए पनिु राजसंस्था राखौँ।
म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु। २१औँ जन्मदिनको शुभकामना संसदले बाँधेको भनेको
कस्तोर?एउटा सानो उदाहरणस् सन् १९९० मा बेल्जियमका राजा बोदवाँले आफू क्याथोलिक धर्मावलम्वी भएका कारण गर्भपतन सम्वन्धी विधेयक अनुमोदन गर्न मान्दै मानेनन्।
त्यसपछि, सरकारले उनलाई कयौँ दिनसम्म राष्ट्रप्रमुखको पदबाट निलम्वन गरी सामान्य नागरिक बनायो। र, संसदले विधेयक अनुमोदन गरेपछि उनलाई पुनस् गद्दी आसिन गरायो। त्यस्ता उदाहरण अरू पनि छन्, जुन मेरो प्रकाशोन्मूख पुस्तकमा उल्लेख गरेको छु।